0 COMMENTS

 जब तपाई कुनै बस्तु वा सेवा दान गर्नुहुन्छ तब त्याे बस्तु बा सेवाकाे सम्बन्ध तपाईं संग रहिरहन्छ त्याे सेवा र बस्तुले लिने र दिने बिचकाे सम्बन्ध बढाउछ भने उत्तरदायित्व र जिम्मेवारी पनि बाेध गराउछ तर तपाईले कुनै बस्तु वा सेवा पैसा लियर वा अाफ्नाे स्वार्थमा बिक्री गर्नुभयाे भने लिने र दिने बिचकाे सम्बन्ध त्यहि खतम हुन्छ ।

तपाईंले दियकाे बस्तु र सेवा उसले खरिद गरेपछि उ तपाई प्रति उत्तरदायी र जिम्मेवारी बन्न बाध्य हुनेछैन । निर्वाचन नजिक अाउदै गर्दा दुईथरि मतदाता देख्न पाईन्छ एकाथरिले मतदान गर्छन् भने एकाथरिले मत बेच्छन् दान गरेकोे मतले जित्ने उमेदवार लाई राष्ट्रकाे बिकास सम्बृद्धि सुसासन नागरिकको हितप्रति उत्तरदायी र जिम्मेवार बन्न घचघच्याईरहेकाे हुन्छ भने बिक्री गरेकोे मतले जित्ने उमेदवारले अाफुले भाेट किन्दा खर्च गरेकाे रकम साँबा र ब्याज सहित असुल उपर गर्न तल्लिन हुन्छ ।

दान गर्ने र बिक्री गर्ने मतदाता मात्रै हाेईन उमेदवार पनि एउटा निस्वार्थ तरिकाले देश र नागरिकको हितमा काम गर्नकाे लागि मत दान लिने र अर्को राजनीतिमा लगानी गरेर अकुत सम्पत्ति कमाउने अाफ्ना निजि स्वार्थ र चाहना पूरा गर्छन् अब भन्नुस् तपाई देश र नागरिकको हितमा समर्पित असल उमेदवार लाई अाफ्नाे मत दान गर्नुहुन्छ कि देश र नागरिकको हित बिपरित अाफ्नाे मत खराब उमेदवार लाई स्वार्थमा बिक्री गर्नुहुन्छ ??? असल उमेदवार लाई मतदान गरेर जिताउनुभयाे भने उसले सिङ्गै देश र सम्पुर्ण नेपालीहरुकाे हित साेचेर काम गर्छ जब सिङ्गै देशकाे बिकास हुन्छ र सम्पूर्ण नागरिकको हित हुन्छ भने अाफ्नाे अमुल्य मत किन अाफ्नाे निजि स्वार्थको लागि बेच्नुहुन्छ ? चुनाव नजिकिदै जाँदा मतदानको दिन सम्मकाे लागि झुटा सपना बाँडेर भाेट अाफ्नाे पक्षमा पार्न तल्लीन छन् उमेदवारहरु तर तपाईहरु सचेत रहनुहाेला पार्टी जे सुकै भयपनि उमेदवार पटकपटक बिगतकाे निर्वाचनमा पनि जितेर गयकाे हाे भने उसले बिगतमा देश र अाम नागरिकहरुकाे हितका लागि के – के गर्याे ?

यदि उमेदवार नयाँ हाे भने उसकाे ईमानदारीता , नैतिकता , लगनशीलता , राष्ट्र र नागरिक प्रतिकाे उसकाे धारणा , बाैध्दिकता , बिकासकाे दृष्टिकोण अादिकाे बारेमा बुझेर मात्रै अाफ्नाे अमुल्य मत लाई दान गर्नुस् अन्यथा तपाईंको एउटा मतकाे कारण तपाईं मात्रै हाेईन सिङ्गै देश र जनता लाई खाल्डोमा पार्नसक्छ । मंसिर १० र २१ गतेकाे चुनाव लाई केन्द्रमा राखेर उमेदवारहरु प्रतेक मतदाताहरु संग मत माग्न घर, गाेठ , खेतबारि सम्म पुगेर हात जाेड्दै छन् हात जाेडेकै भरमा , पैसा बाँडेकै भरमा , खाना खुवायकै भरमा र झुटा प्रलोभन पारेकै भरमा मत नदिनु हाेला । २०४६ साल बाट अाज २०७४ सालसम्म के कति बिकास गर्याै भनेर प्रश्न गर्नु । स्वदेशमै राेजगारि दिन्छौं भन्नेलाई देशका राष्ट्रिय उद्योग धन्दाहरु किन धरासायि भय भनेर साेध्नुस् । मुलुक अात्मनिर्भर बनाउछु भन्ने लाई बढ्दै गयकाे बैदेशिक परनिर्भरता देखाउनु । स्वास्थ्य शिक्षा काे कुरागर्नेकाे मुखमा महंगो स्वास्थ्य र शिक्षा अनि दलालिकरण काे जबाफले झापड हान्नु । पुननिर्माण काे कुरा गरेभने भुकम्प गयकाे कति भयाे भनेर साेध्नुस् । नेपाल संगै बिकास मा अघिबढेका देशहरु अाज काहा पुगे हामी काहा छाै एकपटक साेच्नुस् ईमानदारीताका सर ईमानदार उमेदवार लाई मत दिनुस् मतदान गर्नुस् बिक्री नगर्नुस् धन्यवाद । बासुदेब सेढाई लमजुङ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।