0 COMMENTS

पुनम पाण्डे बलिउडकी बोल्ड अभिनेत्रीकी रूपमा चिनिन्छिन् । उनले बोल्ड तस्बिरहरू सार्वजनिक गरिरहेकी हुन्छिन् । केही समयदेखि उनले आफ्ना तस्बिर र सामग्री सार्वजनिक गर्न एप पनि सञ्चालन गरिरहेकी थिइन् । तर, उनको एपमाथि सोमबार गुगलले प्रतिबन्ध लगाइदिएको छ ।

पुनमले आफ्नो एप गुगलले प्रतिबन्ध लगाएको बताएकी छिन् । पुनमले ट्विट गरेकी छिन्, ‘मलाई थाहा छैन, गुगलले किन यसो ग¥यो, मैले प्ले स्टोर र एप स्टोरमा कयौँ किसिमका एडल्ट म्यागाजिन देखेको छु ।’ गुललले प्ले स्टोरबाट आफ्नो एप निष्क्रिय गरेपछि अचम्ममा परेको उनले बताएकी छिन् । ‘मेरा प्रशंसक गुगलको कदमबाट दुःखी भएका छन्,’ पुनमले भनेकी छिन्, ‘मैले त कुनै नांगो तस्बिर राखेकी थिइनँ ।’

गुगल इन्डियाले भने यसबारे कुनै बयान दिएको छैन । पुनमले भने एन्ड्रोइड प्रयोगकर्ताले आफ्नो वेबसाइट सीधै डाउनलोड गर्न सक्ने जानकारी दिएकी छिन् । विवादमा पर्दा पनि खुसी नै रहने पुनमले पछिल्लो एप कान्डमा पनि आफूलाई खुसी लागेको प्रतिक्रिया दिएकी छिन् । उनले भनेकी छिन्, ‘१५ मिनेटमा मेरो एप १५ हजार डाउनलोड भएको छ ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।