नेपाल प्रहरीकाे ११ तोप सलामी सहित गौतमको अन्तिम संस्कार अाज
धनगढी,२९ फागुन ०७३/ मातृभूमि जोगाउने क्रममा भारतीय सुरक्षाकर्मीको गोली लागेर ज्यान गुमाउनुभएका गोविन्द गौतमको (आज) आइतबार राष्ट्रिय सम्मानसाथ अन्त्येष्टि गरिने भएको छ । मृतकका परिवारले शनिबार शव बुझ्ने सहमति जनाएपछि...

