0 COMMENTS

apple_samsungकाठमाण्डाै२३,असोज । दक्षिण कोरियाली कम्पनी सामसुङ विरुद्धको प्रतिलिपि अधिकार उल्लंघनको मुद्दामा अमेरिकी कम्पनी एप्पलले महत्वपूर्ण विजय हासिल गरेको छ । अमेरिकाको एक पुनरावेदन अदालतले ११ करोड ९६ लाख अमेरिकी डलर क्षतिपूर्तिको मुद्दामा एप्पलको पक्षमा फैसला सुनाएको हो ।

यसअघि सोही अदालतको जुरीले गत फेब्रुअरीमा  गरेको फैसला उल्टाउँदै फेडेरल सर्किट अपिल अदालतले एप्पलले सामसुंगबाट प्रतिलिपि अधिकारको उल्लंघन बापत ११ करोड ९६ लाख डलर क्षतिपूर्ति पाउने फैसला गरेको हो । यो फैसलाको पक्षमा ८ जना न्यायाधीश उभिए भने ३ जनाले फैसलाप्रति असहमति जनाए ।

सामसुंगले स्मार्टफोनमा आफ्ना विभिन्न प्रविधिहरुको प्रतिलिपि चोरेको आरोप एप्पलले लगाउँदै आएको छ । इस्किन अनलक गर्न स्लाइड गर्ने अर्थात् स्लाइड टू अनलक तथा अटोकरेक्सन जस्ता प्रविधिहरु सामसुंगले चोरेको आरोप एप्पलको छ ।

शुक्रबार भएको फैसलामा सामसुंगले आफुमाथिको अभियोगलाई गलत प्रमाणित गर्न नसकेको उल्लेख छ । साथै जुरीको निर्णय विवादित हुँदा अदालतले फरक फैसला गर्नु आवश्यक रहेको पनि फैसलामा भनिएको छ ।अमेरिकी अदालतको पछिल्लो फैसलाप्रति एप्पल र सामसुंग दुबैले कुनै प्रतिक्रिया जनाएका छैनन् ।त्यस्तै सामसुंग विरुद्ध ५४ करोड ८० लाख क्षतिपूर्ति तिराउने मुद्दा अर्को हप्ता अमेरिकी सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ ।

स्मरण रहोस् सामसुंग र एप्पल दुबैले अमेरिका बाहिर रहेका प्रतिलिपि अधिकार हनन विरुद्धका मुद्दा फिर्ता लिने सन् २०१४ मै सहमति गरेका थिए ।एक अर्का विरुद्ध प्रतिलिपि अधिकार हननको आरोप लगाउँदै यी दुई देश एक दर्जन भन्दा बढि देशमा कानूनी लडाइँमा संलग्न भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।