0 COMMENTS

काठमाडौं, १८ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय प्रक्रियाबाट नयाँ प्रधानमन्त्री चयन गर्न आह्वान गरेपछि अबको केही दिनमा देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ ।

हालका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध अविश्वासको प्रस्ताव आएपछि राजीनामा दिइसकेकाले अहिले उनी कामचलाउ अवस्थामा छन् । अब नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बनेर बालुवाटारबाट ओलीलाई विस्थापित गर्नेछन् ।

बहुमतीय प्रक्रियामा जाँदा प्रचण्डले स्पष्ट बहुमत हासिल गर्ने देखिएको छ । सोमबारसम्मको समिकरण हेर्दा ३ सय ६६ मत प्रचण्डको पोल्टामा छ । संसदबाट प्रधानमन्त्रीमा निर्वाचित हुन जम्मा २ सय ९८ मत आवश्यक पर्छ ।

प्रचण्डले उम्मेद्वारी दिँदैगर्दा सम्भवत: संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसका एक सांसदले उनलाई प्रस्ताव गर्नेछन् । काँग्रेसका २ सय ७ सांसद छन् । त्यस्तै प्रचण्डले आफ्नै पार्टीबाट ८१ मत पाउने छन् ।

४२ मत रहेको मधेसी मोर्चासहितको संघीय गठबन्धनले सरकारमा जाने/नजाने निर्क्यौल गरिनसके पनि प्रचण्डलाई भोट हाल्ने भने पक्का-पक्की छ । मोर्चा तत्काल बाहिरैबाट सरकारलाई समर्थन गर्ने मनस्थितिमा छ ।

यसका अलावा फोरम लोकतान्त्रिक र राप्रपा पनि प्रचण्डको पक्षमा छन् ।

यी हुन् प्रचण्डको पक्षमा आउने निधो भएका मतहरु:

पक्षमा- ३६६

नेपाली काँग्रेस- २०७
नेकपा (माओवादी केन्द्र)- ८१
मधेसी मोर्चा- ४२
फोरम लोकतान्त्रिक- १४
राष्ट्रिय प्रजातन्त्र पार्टी- १२
नेकपा संयुक्त- ३
अखण्ड नेपाल- १
खम्बुवान नेपाल- १
जनजागरण पार्टी- १
समाजवादी जनता दल- १
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहट- १
दलित जनजाति पार्टी (लोकतान्त्रिक)- १
स्वतन्त्र- १

सम्भावित- २७

राप्रपा नेपाल- २५
नेपाली जनता दल- १
दलित-जनजाति पार्टी- १

विपक्षमा- २००

नेकपा एमाले १८३
नेकपा माले- ५
नेपाल मजदूर किसान पार्टी- ४
राष्ट्रिय जनमोर्चा- ३
नेपाल परिवार दल- २
राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक- २
मधेस समता पार्टी नेपाल- १

आफ्नै तीन सांसदको मत पाउने छैनन् प्रचण्डले !

प्रधानमन्त्रीको रुपमा दोस्रो इनिङ सुरु गर्दैगर्दा प्रचण्डले आफ्नै पार्टीको तीन मत पाउने छैनन् । संविधानसभाको निर्वाचनमा एमाओवादीले कुल ८४ सिट जितेको थियो । तर, अब प्रधानमन्त्रीमा निर्वाचित हुँदै गर्दा प्रचण्डले आफूसहित जम्मा ८१ सांसदको मत पाउनेछन् । कहाँ हरायो त तीन मत ?

प्रचण्डले गुमाएको पहिलो मत हो डा. बाबुराम भट्टराईको । उनले झण्डै एक वर्षअघि पार्टी परित्याग गरेका थिए । त्यसैक्रममा नैतिकताका आधारमा संसद सदस्यबाट पनि राजीनामा दिए । भट्टराई प्रत्यक्ष निर्वाचित सांसद थिए । सोहीकारण उनको स्थान रिक्त हुन पुग्यो । यदि समानुपातिक भएको भए प्रचण्डले अरु कसैलाई नियुक्त गर्न सक्थे । बाबुराम माओवादीबाटै निर्वाचित सांसद भएको नाताले यो प्रचण्डले गुमाएको पहिलो मत हो ।

यस्तै सभामुख ओनसरी घर्ती मगरको मत पनि प्रण्डले पाउने छैनन् । उनी सभामुख हुन् । सभामुखले मत हाल्ने प्रचलन छैन । यसैगरी निलम्बनमा परेका सांसद ल्यारक्याल लामाको मत पनि प्रचण्डले पाउने छैनन् । लामा पनि माओवादीकै सांसद हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।