0 COMMENTS

लोकप्रीय कथाकार रवीन्द्र के सी काे, भर्खरै लोकार्पण गरिएको २१ भिन्न शीर्षकका कथाहरु संग्रहित कृति “सम्बन्धको दोबाटो” समुन्द्र रुपी समाजमा भेटिने फरक प्रकृतिका मानिसहरूका फरक बानि,व्यवहार, सोच बाध्यता, कुटिलता मित्रता तथा बाँच्न का लागी गर्नु पर्ने अनेकौं संघर्ष पीडा का बीच मौलाएका फरक फरक सम्बन्ध हरू को सुक्ष्म अध्ययन पश्चात गरिएकाे विश्लेषण हो। आफ्नो कर्तब्य पूरा गर्ने क्रममा देश तथा विदेशका केही शहरहरू घुमे सँगै नियालेका धेरै जसो सत्य र कतिपय काल्पनिक , बताउन सकिने, नसकिले, व्यक्त गरिएका, गर्न नसकिएका लुकाइएका, बृद्ध बृद्धा का चाहना र पीडाका कथा , अल्लारे उमेरमा गरीने प्रेम र गल्तीका कथा, विवाहित र एउटै छाना मुनि बसेर पनि भूसको आगो झैं भित्र भित्रै सल्किएर खोक्रो भइसकेका सम्बन्धका कथा, नारीको स्वार्थपूर्ण व्यवहार ले बिचल्ली पारेका पुरुषका कथा, आफ्नो वशमा नभएको जन्म कै आधारमा वर्षौं देखि समाजले दलित भनेर लगाइएका बन्देज र गरेका हेपाईहरुले आफ्नो पहिचान समेत लुकाउन बाध्य हुनु पर्ने गरी दिएका कहालीलाग्दा मानसिक पीडाले खुलेर बाँच्न नपाएका तल्लो वर्गका,माथिल्लो बर्ग ले महसुस गर्न नसकेका अव्यक्त कथा , द्वन्द पीडितहरुले अनाहकमा भोग्नु परेका असहिय वेदनाका कथा जून हर घर, टोल र समाजमा देखिरहेका, सुनिरहेका र भोगिरहेका घटना लाई कथा, पात्र, र समयको संयोजन द्वारा,आफ्नो कला, क्षमता, मेहेनत, सोच सबै को प्रयोग गरी सरल भाषा शैली र उचित शृङ्गारिक रसका भावहरू सम्मिश्रण गर्दै पाठकहरूलाई छिनमै प्रेमील सागरमा हराउन र छिनमै नजर बर्साउन पुगिने गरी लेखिएको यो पुस्तक पढे पछि यसलाई समयकाे परिबर्तन सँगै बदलिएको नयाँ समाज कता लाग्दैछ भनेर सहजै बुझ्न सकिने गरी कोरिएको” समाजकाे गोरेटो”हो भन्दा फरक पर्दैन।

माया भन्ने अदृष्य तत्व बाट लोभिएर हरपल जो कसैबाट मायालु साथ चाहने मानवीय मनले उमेरमा मन् मिलेका हरू सँग आकर्षित भएर गर्ने प्रेम, त्यही प्रेम लाई सार्थक बनाउँदै वैवाहिक जीवनमा बाँधिएको केही वर्ष पछि वा फेरि उमेर ढल्केपछि पनि नयाँ पनको चाहनामा गरीने प्रेम,आफन्तहरु टाढीएका बेला,नजिकिन पुगेका हरू सँग हुन् जाने प्रेम, त्रिकोणात्मक प्रेम, अप्ठ्यारोमा पर्दा कसैले दिएको प्रेमील साथ, स्पर्श र शब्द हरूले मानव शरीरको सबैभन्दा सुन्दर मानिएको मन् लाई मिल्ने सकारात्मक उर्जाका साथ बस्न सक्ने प्रेम, जाती , धर्म, संस्कृती,भाषा, पारिवारिक चालचलन नमिल्दा पनि समय काे आवश्यकता ले हुन जाने प्रेम लगायत मानिसकाे जीवनमा जुट्न र जुर्न सक्ने हरेक खालको सम्बन्ध दर्साउन कथाकारले प्रेमील भाव हरूको कल्पनाद्वारा कथालाई ,प्रेमको अनुभव भएका हरुले आफ्नो अतीत सम्झेर टोलाउन र प्रेमको अनुभूति नभएका हरुले पनि कल्पनामा रमाउन सक्ने गरी प्रेमील पात्रहरूको सिर्जना द्वारा रोमाञ्चक तरिकाले सिर्जित कथा हरू का आधारमा प्रेमील रंगमञ्च हो, “सम्बन्धकाे दोबाटो”
त्यस्तै पुस्तक पढ्दै गर्दा आफ्नो अगाडी नाटक मञ्चन भइरहे झैं वा सिनेमा हेरी रहे झैं लाग्ने गरी चित्रण गरीएका घटना, साे अनुसारका पात्र , मनमा उठन सक्ने भाव र भाव अनुसारका प्रश्नहरुले श्रृंगारिएको”अद्वितीय रंगमञ्च” पनि हो “सम्बन्धको दोबाटो”

अनमोल मानिएको मानव जीवन ,त्यसमा संवेदनशील पक्ष रहेको सम्बन्ध जून दुई आत्माको मधुर मिलनबाट जुटने र सबैभन्दा बलवान मानिएको समय चक्र को च्ंगुलमा परी परिस्थितिको आवश्यकताले मन् बहकिए पश्चात फुट्ने क्रममा मनमा उब्जेका प्रेमील, आस्थाहिन, घृणित, अनैतिक, श्रद्धाहीन र विकार युक्त सम्बन्धहरू का साथै दलित र गरीब बर्ग सँग धनी र सम्भ्रान्त बर्ग को सम्बन्ध जोड्न खोज्दा टुटेका अन्य सम्बन्ध,परिवारले जोड्न नचाहेका सम्बन्धका कारण भोग्नु पर्ने तनाव, निम्तन सक्ने खतरा, बिदेसिने चलन र भित्रिएका विदेशी संस्कृती हरूले नवपुस्तामा भित्र्याएका विवाह पुर्व नै,मनले चाहेका हरू सँग सँगै बस्ने चाहना अनुरूप आफूखुसी गर्न खोज्दा सो अनुसारको नियम कानुन नबनीसकेको र सामाजिक मान्यता पनी नपाएको अवस्थामा सुमधुर वा कष्टकर बनेका जीवनहरु, सम्वन्धको कदर गर्नेहरू सँग सम्बन्ध निभाउने मान्छे नहुनुका सकस, अनि सम्बन्ध निभाउने मान्छे भएका हरू सँग सम्वन्धको कदर गर्न नजान्ने मान्छे भेटिनुका सकस,सुन्दर घर परिवार काे महत्व नबुझी अनैतिक सम्बन्ध मा रमाउन खोज्दा भताभुङ्ग बनेको आफ्नै जिन्दगी, सुख र खुसीको आश सहित बिदेशिए सँगै छुट्न पुगेको आफ्नै माया को साथ ले दिएका दर्दनाक अवस्था,पैसा का लागी जोडिएका सम्बन्ध हरू पैसा रहुन्जेल मात्र हून्छ भन्ने बुझ्न नसकी क्षणिक मनोरञ्जनकाे लोभमा लुटाएका सम्पतीका कारण बन्न पुगेको घर परिवार सँग को सम्बन्धकाे खाडल, अप्ठ्यारो , दुःख र एक्लोपनमा आफन्त हरुले देखाउने व्यवहार, जीवन धान्न कै लागी बाध्य भएर गाँस्नु पर्ने अनिच्छित सम्बन्ध ,कसैले चाहँदैन भनेर जान्दा जान्दै जोडिने रहरले गाँसिएको विकारयुक्त सम्बन्ध, लगायत थुप्रै “अवर्णित सम्बन्ध “हरुको व्याख्या हो “,सम्बन्धको दोबाटो”

विदेश जाने र पठाउने रहरमा छुटेका आत्मीयताहरू , सन्तानहरूले छोडेर गए सँगै अलपत्रमा परेका बुढेसकाल हरू , सुन्यता र एक्लो पनमा मायाको लोभमा परि आफू नजिक भएका मानिसहरूसँग संस्कार र भाषा फरक हुँदा पनि नजिकिन पुग्दा मिलेको प्रेमिल अनुभव र छुट्न जाँदा मनमा पर्ने चोटहरू, पैसा वा व्यवहार धान्नका लागि बाध्यात्मक परिस्थितिमा गाँसेका अनैतिक सम्बन्धले दिएका पिडाहरु,उमेरमा आफैंले रोजेर बनाएको आफ्नो जोडी सँगको सम्बन्ध मा पनि लामो समयको साथ पछि बिभिन्न कारणहरूले दरार वा खाडल बढ्दै गए सँगै मिल्न नसकिने र छोड्न पनि नचाहिँने सम्बन्धले दिएका घाउ हरू ,र ती सबै अबस्थामा मनले दिने भाव लाई मन् छुने प्रकारको विम्ब र प्रतीक हरूले सजाएर कथाकारले गरेका “अनुत्तरित प्रश्नहरु “हुन “सम्बन्धको दोबाटो “

समयको परिवर्तन सँगै समाजमा देखिन थालेको विवाहेतर सम्बन्ध, त्यस्ता सम्बन्ध हरू बाट बिखरिएका घर परिवार, सन्ततिकाअन्धकार भविष्य, सम्पतिको दुरुपयोग,खुशी हुने बहानामा गरिएकाे गल्तीले आफन्त र परिवारमा पर्न जाने असुविधा ,परिवार पाल्ने जिम्मा आइलागेका नारी पात्र ले रोजगारी खोज्ने क्रममा समाजले दिन चाहने पेशा , यी र यस्ता पेशा मा रहेका हरू सँग देशको भविष्य निर्माणको जिम्मा पाएका नाम चलेका र आदर्शको खोल ओढेका हरूको हुने गरेको गोप्य उठबस् त्यसबाट लिन सकिने फाईदा ,घर परिवार समाज् र राज्य बाट नै संरक्षित हुन नसकि हिंसा मा पर्दा पनि आफैंलाई दोष लगाउने समाजको नजर फेर्न नसक्दा आफ्नो अमूल्य जीवन आत्म हत्या काे बाटो रोजेर समाप्त पार्न बाध्य हुनु पर्ने नारीका कथा,लगायत कुनै वर्ग ले जरूरी ठानेको र कसैको आबस्यकता रहेकाे पेशामा संलग्न हुन पुगे सङ्गै अचानोमा परेका सम्बन्ध हरूले ध्वस्त भएका नारी जीवनहरु लाई सम्मान पुर्वक समाजमा चिनाउन कथाकारले गरेकाे मेहेनत हो, “सम्बन्धकाे दोबाटो”

संस्कार धान्ने सर्तमा पराई घर जान् बाध्य भए पनि सम्मान र मायाकाे चाहना राख्ने नारी लाई आफ्नो नामकाे सिन्दुर र जात भिराइदिएर आफ्नो परिवार स्याहार्ने जिम्मा दिँदै आफु बाहिरी संसारमा रमाउन चाहने पुरुष ,श्रीमती त हो भनेर उसको इच्छा विपरीत कार्य गर्दै पुरुषार्थ गरेको ठान्ने श्रीमान सँग नारीले राख्ने श्रद्धा हिन सम्बन्ध, छोरो टाढा भए सँगै बुहारी लाइ गर्ने दमन, हिँसा, श्रीमानको साथ छुटे पश्चात एकल नारीलाई समाजले हेर्ने दृष्टि, ऊ भित्र थुप्रै क्षमता र कला हुँदा हुँदै पनि शरीरसँग मात्र फाईदा लिन खोज्ने मानिसहरुका नियती बाट नारीकाे मनमा घर परिवार र समाज प्रति उब्जन सक्ने घृणित सम्बन्धहरुलाइ कथाकारले पुरुष भएर पनि केस्रा केस्रा नारी मन् बुझाउन गरेको सम्मानयोग्य मेहेनत हो ,”सम्बन्धको दोबाटो”

रोजगारी खोज्ने क्रममा राज्यकाे रक्षा गर्ने जिम्मेवारी लिए भन्दैमा राज्य बनाउने र बचाउने नाउँमा उनीहरुकै जीवनको रक्षा हुन् नसकी अनाहकमा गुमाउनु परेको अनमोल जीवनका कथा जून सुन्ने र पढ्ने हरूका लागी केही दिनको दिक्दारी भए पनि प्रीय पात्र, गुमाउने हरुको खोसिएको सिन्दुर, गुमेको मानसिक सन्तुलन अभिभाबक गुमाउने हरूको हराएको सुखद बालापन, बृद्ध बृद्धा हरूको छुटेको साहारा ले जीवनभर दिने पीडाका कथा हरुले राज्य सँग बन्न सक्ने घृणीत सम्बन्ध हरू कथाकारले अदृश्य तरिकाले सम्झाउन खोजिएको नयाँ इतिहास हो, “सम्वन्धको दोबाटो”

” यसरी सम्वन्धको दोबाटो भित्र सम्बन्ध छ त्यो सम्बन्ध जोड्न गरिने हतार छ। सम्वन्धमा रमाउन गरीने रहर छ, सम्बन्धलाई बचाउन गरीने प्रयास छ, सम्बन्ध बताउन गरीने कोशिश छ, सम्बन्ध लुकाउन गरीने सङ्घर्ष छ अनि सम्बन्ध छुटाउन गरीने मेहनत छ, फरक फरक सम्बन्ध ले दिने प्रेम र चोट छ, सम्बन्ध छुट्न पुग्दा हुने पीडा छ भने कथाकारको पनि चाहना छ, विचार छ, भावना छ, दृष्टि छ, सोच छ, जानकारि छ , शिक्षा छ, मेहनत छ र समाजका कुरा समाजलाई नै देखाउन गरिएकाे उत्कृष्ट अध्ययनको निचोड छ।”.

यसका साथै समाजिक सञ्जालले ल्याएको विकृति, हराएका नैतिकता, देखासिखिले निम्त्याउने मानसिक तनाव, विभेद, गरिबी, नयाँ पुस्ता को संवेदनाहीन सोच,उजाडिँदै गएको घर परिवार लगायत समाजका थुप्रै पक्ष समेटिने गरी २१, कथाहरूमा सयौं घटना र पात्रहरूको कल्पना , रहर , बाध्यता, संघर्ष हरू सँग मनका अवयब हरू मिलाउँदै नव समाजको चिनारी समाजलाई नै गराउने उदेश्यले जागिरे जीवनको अति ब्यस्त समय मा पनि देखेका सत्य घटनाहरुको जानकारी गराएर सचेत रहन र नदेखेका काल्पनिक घटना, हरूको चित्रणबाट हुन सक्ने घटना हरूको वोध गराउन , पुस्तक पढुन्जेल रोकिन नै मन् नलाग्ने गरी रचिएको” युग दर्पण” समेत रहेको “सम्बन्धको दोबाटो” , परिवर्तित समय मा आएको नयाँ पुस्ता को सोच र समाज बुझ्नको लागि पढ्नै पर्ने कृति हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।