0 COMMENTS

रमिला बस्रनेत,उदयपुर/ पेशाले प्रहरी निरिक्षक रहेका बुढाथोकी एक उदयमान सर्जक पनि हुन्। २०५१ सालमा सल्यान जिल्लामा जन्मिएका उनी बाल्यकालदेखि नै कबिता, गजल लेख्ने र पढने गर्थे।६-७ बर्षको हुँदा नै उनका बुबा स्वर्गिय भएपछी बुवाको छत्रछायामा भने हुर्किन पाएनन्। बुवाको स्वर्गरोहण पछि उनी दाङको तुल्सिपुर बसाइँ सरे। उनले त्यहि पढे त्यहि हुर्किए। सानैबाट लाहुरे बन्ने सपना बुनेका उनी एसएलसि पछि ३ वर्षसम्म त लाहुरे नै बन्न हिडे तर असफल भइरहे। भनिन्छ सबै ढोका बन्द भए झ्याल खुल्छ, जिन्दगी बगिरहने नदि जस्तै हो, जसले धार परिवर्तन गर्न सक्छ, दिशा परिवर्तन गर्न सक्छ। अगाडि चट्टान पहाडहरुको अबरोधले केहि समयका लागि यसको बाटो छेकेपनि कालान्तरमा त्यो चट्टानलाई खियाएर बाटो खोल्दछ। त्यही बिच प्रहरीमा भर्ना खुल्यो । २०७३ सालमा उनी प्रहरी सहायक निरिक्षकमा नाम निकाल्न सफल भए । अमर प्रहरीको छोरा उनी घुमिफिरी प्रहरिमै आइपुगे ।

प्रहरीको जागिर समाती सक्दापनि उनले कविता र गजल लेख्न भने छाडेका थिएनन्। तालिम या ड्युटीपछि एकैछिन फुर्सद भए उनी रचना गर्न थालिहाल्थे र मोबाइलको नोटमा टिपिहाल्थे। २०७४ मा उनी प्रहरीको एक तालिमको दौरानमा थिए, उक्त तालिमको दौरान बिचमै उनले “हामी नेपाल प्रहरी”बोलको गित रचेर साथिमाझ प्रस्तुत गरे, सबैले गित मन पराएर रेकर्ड गर्न हौस्याउन थाले, हौसला मिलेपछि राजेस पाएल राईको स्वरमा २०७४ मा म्युजिक नेपालको युट्युव च्यानलबाट पहिलो गित सार्वजनिक गरेका थिए। तर उक्त गित सार्वजनिक गरेको उत्साह भन्दा पनि उनलाई डर धेरै लागिरहेको थियो किनभने गित एउटा सिंगो प्रहरी संगठनसँग जोडीएको थियो।

उनलाई लाग्थ्यो कतै कुनै शब्द गलत पो लेखेकि, तर जब प्रहरीकै उच्च अधिकारीहरूले राम्रो गित बनाएछौ अझै राम्रो लेख्दै जानु भनेर बधाई साथै प्रेात्साहन दिन थालेपछि उनी ढुक्क भए। अनि झन झन उनलाई गित लेख्ने जाँगर चलेर आयो। त्यही हौसलाबाट हौसिदै दोस्रो गित “फुल भनौ जिन्दगीलाई” पुर्णिमा लामाको स्वरमा आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरे। उक्त गित एकदमै अनेपक्षित तरिकाले एकाएक भाइरल भयो। गितमा आफन्तबाट हुने धोका बेइमानि र असफलताहरु बारे लेखिएको थियो। बुढाथोकी भन्छन् धोका घात हरेक मान्छेका साझा कथा हुन र मेरो आफ्नै भोगाइहरु पनि समेटेर लेखेको थिएँ सायद घात धोका सबैको भोगाई भएकोले पनि होला यति धेरै दर्शकहरुले मन पराइदिनुभयो। उक्त दोस्रो गीतको अपार सफलतापछि फेरि एकपछि अर्को अब खुशि, डाँडापारी मेरो माया, पर्देशिको दश‌ै तिहार, मुटु टुट्दा, धोका माथि धोका आदी बोलका गितहरु सार्वजनिक गरिसकेका छन्। “धोका माथि धोका” गित ट्रेन्डिङ २ मा आउन सफल भएको थियो। अहिलेसम्म उत्कृष्ट गितकारको रुपमा उनले ४ वटा म्युजिक अवार्ड हात पारिसकेका छन्। २०७५ र २०७८ सालमा पनि उत्कृष्ट अवार्ड पाइसकेका उनले हाल चौथो ओएस नेपाल म्युजिक अवार्ड र पाँचौ सगरमाथा म्युजिक अवार्ड २०८० पनि हात पारेका छन्। गायक प्रमोद खरेलको स्वरमा रेकर्ड गराएका गित बाट नै बुढाथोकीले २ वटा अवार्ड पाइसकेका छन्।

गीत संगित सँगै उनले आफ्नो पेसागत जिवनलाई पनि बढुवा दिएका छन, २०७७ सालमा प्रहरी सहायक निरिक्षकबाट प्रहरी निरिक्षकमा नाम निकाल्न सफल भए। उनी नेपालको युट्युव सिल्वर बटन पाउने पहिलो प्रहरी निरिक्षक पनि हुन्। बुढाथोकी भन्छन् म आफ्नो कर्तव्य निर्वाहका संगसंगै गित संगितलाइ पनि निरन्तरता दिनेछु।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।