0 COMMENTS

प्रतिभा भट्टराई/   परम श्रद्धेय आयुर्वेद शिरोमणि आचार्य श्री महाराज बालकृष्ण को शुभ जन्मोत्सव तथा जडिबुटी दिवस २०८० को उपलक्ष्यमा श्रावण १९ गते समापन हुने गरी श्रावण १३ गतेदेखि गायत्री जप महायज्ञ अनुष्ठान पतञ्जली याेग पीठ मण्डिखाटार मा सञ्चालन भइरहेको छ।

बागमती प्रदेश, काठमाडौं जिल्ला तथा पुज्या साध्वी देव कृपा(पतंजलि याेग पीठ नेपालकी एक मात्र महिला सन्यासी)द्वारा आयोजित उक्त अनुष्ठानमा दुई करोड गायत्री मन्त्र जप तथा हवन गर्ने लक्ष्य राखिएको छ भने कार्यक्रम एक हप्ता सम्म बिहान सूर्योदय देखी वेलुका सूर्यास्त सम्म सञ्चालन हुनेछ।
पतंजलि योगपीठ नेपाल अन्तरगत बागमती प्रदेशमा रहेका पतञ्जलि याेग समिती नेपाल , महिला पतञ्जली योग समिति नेपाल र पतंजलि युवा समिति नेपाल लगायत सम्पूर्ण योग शिक्षक-शिक्षिका नगर पदाधिकारीहरु तथा योग साधक साधिका हरु ले यस कार्यमा सहभागी भई सक्दो सहयोग प्रदान गरेका छन्। यस अनुष्ठानमा इच्छुक जो कसैले उपवास बसेर जप र हवन गर्न सक्नेछन् भने उपवास नबस्ने ले पनि माला जप गर्न सक्नेछन्।
बागमती प्रदेश अन्तर्गत १३ जिल्लाभरिका साथै देशै भरी रहेका हरेक याेग सेन्टरहरुमा समेत बिहान केही मिनेटको समय गायत्री जप गर्ने गरिएको छ र गरिएकाे जप को सङ्ख्या सम्बन्धित व्यक्तिलाई टिपाउने गरिएकाे छ भने साधक साधिका हरूले घरमै बसेर गरिएकाे जप को पनि संख्या टिपाउने काम भैरहेको छ।
पाहुना हरूको स्वागत तथा दिनभरिको सत्कार, उपस्थित पाहुनाहरुको भोजनको व्यवस्था, उपवास बस्ने ब्रतालु हरुलाई फलाहरको व्यवस्था जस्ता सेवा प्रत्येक दिन एक-एक नगरले गर्ने जिम्मा लिएको उक्त कार्यक्रममा इच्छुक साधक साधिका हरु हरेक दिन गएर सेवा प्रदान गर्न सक्नेछन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।