0 COMMENTS

काठमाण्डौ ,जेष्ठ १/शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार नेकपा एमालेका वडा अध्यक्ष नरेन्द्र श्रेष्ठ को प्यानल पुन : विजयी भएको छ।
श्रेष्ठले ७८५ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवारले ६५० मत ल्याएका थिए।तारकेश्वर प्रमुखमा वडा नं ४ बाट एमालेले(सूर्यले) ७०५ मत प्राप्त गर्दा कांग्रेसले ६९४ मत प्राप्त गरेको छ। उपप्रमुखमा एमालेले ६४७ मत प्राप्त गर्दा, कांग्रेसले ६२४ मत प्राप्त गरेको छ। १९७६ मत खसेको तारकेश्वर वडा नं ४ मा ४७ मत भने बदर भएको छ।
५ बर्ष अघि भएको स्थानीय निर्वाचनमा विजयी भएर कार्यकाल पूरा गरेको याे टीम मा वडा अध्यक्ष नरेन्द्र श्रेष्ठ, महिला सदस्य बिन्दु सापकोटा, दलित महिला सदस्य आशा ठाकुर, खुल्ला सदस्य अर्जुन घिमिरे र श्री कृष्ण महर्जन रहेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।