0 COMMENTS

प्रतिभा भट्टराई/ महानगरपालिकाकाे छिमेकी नगरपालिका तारकेश्वर काे वडा नं ६मा रहेकाे महाकाली माईको मन्दिर यहाँको प्राचीन धार्मीक महत्व बोकेको क्षेत्र हो। माघ महिनामा अत्यन्त महत्व राख्ने माघ माहात्म्य मा उल्लेख गरिए अनुसार, विभिन्न क्षेत्रमा छरिएर रहेका सती देवीका अङ्ग पतन भएर उत्पत्ति भएका शक्तिपीठ हरूमध्ये यो पनि एक हो।

धर्म र संस्कृति अनुसार पुकारिने नाम फरक भए पनि देश तथा विदेशमा रहेका यस्ता शक्तिपीठ हरूको उत्पत्ति सँगै उत्पन्न भएका शिवलिङ्ग हरूले सम्पूर्ण क्षेत्र पवित्र बन्न पुग्यो भने त्यहाँ बस्ने मानिसहरूले शक्तिको आराधना गरी सकारात्मक उर्जा प्राप्त गर्ने अवसर पनि प्राप्त गरे । यसै क्रममा यस ठाउँमा पनि बायाँ पैताला पतन भई महाकाली देवि र भूपालेश्वर महादेव उत्पत्ति भएको र सो पुण्य भूमिमा द्धादशादित्यले आई तपस्या गर्दा ईश्वरी प्रसन्न भई वरदान माग्न भने पछि द्धादशादित्य वा बाह्र सूर्य ले बाह्र महिनाको अधिपति हुन पाउँ भनि वरदान मागे सँगै ईश्वरी ले तथास्तु भनी वरदान दिएको , बर्णन स्वस्थानी ब्रतकथा मा पढ्न पाइन्छ ।

माघ महिना, हरितालिका, शिवरात्रि, श्रावण महिना, नवरात्रि जस्ता पर्व हरुमा धेरै मानिसहरुको आवागमन हुने यो पवित्र क्षेत्रमा महाकाली र भूपालेश्वर महादेव काे अलावा,सरस्वती, सूर्य, राधाकृष्ण, रामसिता, गणेश, हनुमान र बुढानीलकण्ठ नारायणको मूर्ती हरु पनि रहेका छन्। थोरै उचाइमा रहेको यो ठाउँबाट वरपर रहेका, बगलामुखी मन्दिर,भुवनेश्वरी, तारकेश्वर, शान्ति धाम जस्ता पवित्र स्थल हरु पनि देख्न सकिन्छ भने अन्य सुन्दर दृष्यहरु पनि देख्न पाइन्छ। हरेक दिन बिहान स्थानियबासी हरुको घुम्ने, रमाउने र आनन्दित हुने यो ठाँउमा दिउँसो भने टाढाटाढाका व्यक्तिहरूको पनि आवागमन हुने गर्दछ।भगवतीको दर्शन सँगै नयाँ ठाउँको अनुभव गरेर एक दिन रमाईलो सँग बिताउन सकिने याे ठाँउमा , तपाईँ पनि एकपटक अवश्य जानुहोस् है त?

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।