0 COMMENTS

काठमाडौं माघ १७, २०७८ 
जनता समाजवादीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गर्नुपर्ने बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले आइतबार राति ट्वीट गर्दै एमसीसी पारित गरी सबै एक मुख भएर जनतालाई बुझाउनुपर्ने बताए ।

उनले ट्वीटरमा लेखेका छन्, ‘एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं ! सबै एकमुख भएर जनतालाई बुझाऊ !’ एमसीसीको वहानामा प्रतिगमनविरोधी गठबन्धन टुट्नु नहुनेमा जोड दिए ।

‘यही वहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस्। यो प्रकरण नेपालका रूढिवादी ‘कम्युनिष्ट’कालागि घाटीको हाड नबनोस् ! देश थप कंगाल बनेर जनसंख्या अरू नघटोस् ! शक्ति केन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस् ,’ उनले लेखेको छन् ।

सत्ता गठबन्धनमा एमसीसीका विषयमा गठबन्धन नै टुट्ने चर्चा भइरहेका बेला भट्टराईले यस्तो बताएका छन् । सत्तारुढ दल नेपाली काँग्रेस र जसपा एमसीसी पास गर्ने पक्षमा छ भने माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा विपक्षमा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।