0 COMMENTS

काठमाण्डाै १९पाैस/  महोत्तरीका अतिविपन्न मुसहर परिवारलाई सैनिक श्रीमती सङ्घले न्यानो कपडा सहित राहत वितरण गरेको छ ।बर्दिबासस्थित ९ नम्बर बाहिनीपति सहायक रथी शिशिरचन्द्र केसी हालै सो सामग्री वितरण गर्नुभएको हो । मटिहानी नगरपालिका–४ मझौरा मुसहरीटोलका रौदी सादाले सामग्री पाएपछि भन्नुभयो,“ यसपालिको जाडोबाट बचिएला । ”

साठी मुसहर परिवारलाई ओढ्ने कम्बल र खाद्यान्नसहितको राहत वितरण गरिएको थियो । परिकौलीस्थित रणभीम गणले जिल्लाकै सुदूरदक्षिणपश्चिमवर्ति सम्सी गाउँपालिका–५ पोखरभिण्डाको मुसहर बस्तीकी ललिता सादालाई घरमै राहत वितरण गरेको छ । गणपति प्रमुख सेनानी शिवहरि केसीले उहाँलाई राहत सामग्री वितरण गर्नुभएको हो । विसं २०६८ को राष्ट्रिय जनगणनाका अनुसार जिल्लामा २३ हजार ३६४ मुसहर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।