0 COMMENTS

स्वतन्त्र नागरिक समाजद्वारा कात्तिक २९ गतेदेखि गरेकाे विराेध प्रदर्शन आज १० औँ दिनसम्म पनि स्वस्फूर्त रूपमा जारी छ । याे अनिश्चितकालीन प्रदर्शन राजधानीको माइतीघर मण्डलमा दिउँसाे १ बजेदेखि दिनहुँ भइरहेको छ ।

हाम्रो प्रदर्शनकाे उद्देश्य २०७२ काे संविधानले परम्परागत शक्ति र हिन्दू अधिराज्यलाई विस्थापित गरियाे तथा निषेधकाे राजनीति विजारोपण गरियो, जुन आजकाे सन्दर्भमा सबैलाई अपाच्या छ; अत: हामीले बामपन्थी शक्ति, प्रगतिशील शक्ति, प्रजातान्त्रिक शक्ति र परम्परागत शक्तिकाे संयुक्त दस्ताबेज २०४७ काे संविधान पूनर्स्थापना नगरिकन हुने कुनैपनि निर्वाचनकाे औचित्य छैन भनि चलाएकाे संघर्ष निरन्तर जारी प्रदर्शन हाे । यसैका खातिर देशभक्त, राष्ट्रवादी, बामपन्थी, प्रजातान्त्रिक शक्ति तथा परम्परागत शक्तिहरूलाई यस आन्दोलनमा सहभागी भइ आफ्नो प्रतिबध्दता व्यक्त गर्न सबैलाई आह्वान गर्दछौँ । आज दशौँ दिनकाे आन्दाेलन जारी रहिरहँदा वैदिक हिन्दू अधिराज्य चाहनेहरू, राजसंस्था चाहने संघसंस्थाहरू मौन रहनु र चलखेलवादीहरू अनावश्यक टिकाटिप्पणीले देश र जनताले चाहेकाे/मागेकाे पूरा हाेला त ? सबैलाई चाहिने माग राखेर अगाडि बढ्दा पनि दल वा पार्टीले अधिवेशन गर्दा जत्तिकाे पनि एकता र जमघट हुन नसक्नु के हाे? ०७२ कै संविधानमा रहेर राजनितिक पार्टीहरूले बहुमत वा दुई तिहाई पाए राजसंस्था र हिन्दू अधिराज्य फर्काउँछु भन्नु र जनताले मान्नु साेम शर्माकाे सपना जस्ताे मात्र हुनेछ ।

राजसंस्था र हिन्दू अधिराज्य चाहनेहरू ०६२/०६३ मा ७ राजनीतिक दलकाे गठबन्धन बनाएर जसरी आन्दाेलन गरे, त्यसैगरी त्यस्तै खालकाे आन्दाेलन नहुँदासम्म अभिष्ट पूरा हुने छैन । दलहरुले गरेकाे निषेधलाई नेपाली जनहरू मिलेर नागरिक आन्दोलनकाे आँधिबेरी नल्याई धरै छैन । कि राजनीतिक दलहरू सच्चिएर सहअस्तित्व स्वीकारी राष्ट्रिय एकता कायम गर्नुपर्यो, कि सैनिक हस्तक्षेप हुनुपर्यो । अर्काे विकल्प छैन । आज देशै रहने नरहने दाेधारकाे स्थितिमा छ । हिजाे स्थायित्व थियो र त देश नियन्त्रित थियो । तर आजकाे अस्थायी सत्ताकाे भरमा देश कतिन्जेल टिक्ला । यसैकाे फाईदा लिँदै वैदेशिक हस्तक्षेप दिन दुइ गुणा रात चाै गुणा बढ्दैछ । देश भित्र क्षेत्रीय सुरक्षा निति र विदेशीहरूकाे नजरमा परराष्ट्र निति दुवै झन् झन् कमजाेर बन्दै गइरहेका छ । हुँदाहुँदा राजनितिक किचलाेले सर्वाेच्च न्यायलय पनि अछुताे रहेन । अब सेनाकाे संगठन मात्र बाँकि छ । यस्तै हाल टुलुटुलु हेरिरहने हाे भने याे राष्ट्र कुनै पनि बेला सुमालिया बन्न बेर छैन । अत: यस्ताे पीडादायक क्षण आउने छाँटकाँट बुझेरै स्वतन्त्र नागरिक समाज देश र जनता जाेगाउन आन्दाेलनमा हाेमिएकाे हाे । यसमा स्वतन्त्र नागरिक समाज सबैकाे साथकाे अपेक्षा गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।