0 COMMENTS

रसुवा, ७ मङ्सिर/पासाङल्हामु राजमार्गअन्तर्गत ठाडे क्षेत्रमा आज साँझ यात्रुबाहक टाटा सुमो जिप दुर्घना हुँदा सात जना घाइते भएका छन् । जिपले गोसाइँकुण्ड गाउँपालिका–६ मा तीन पैदलयात्रीलाई ठक्कर दिई राजमार्गबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । सामान्य घाइतेमध्ये दुई जना रसुवा जिल्ला अस्पताल र गम्भीररूपमा घाइते पाँच जनालाई नुवाकोटको त्रिशूली अस्पतालमा पठाएको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।