0 COMMENTS

विश्वभर फैलिएको कोरोना महामारीबाट नेपालमा पनि अछुतो नरहेको अबस्थामा हामी घरमै थुनिन बाध्य छौं ।आधा रोग डाक्टरहरूले दिएको सेवा सुबिधा ले निको हुन्छ भने आधा तपाईं हामी आफू बाट निको हुन्छ हाम्रो मानसिकता मा रोग लागे मा , मरिहालिन्छ भन्ने भ्रम बाट तपाईं हामीले आफुलाई कम्जोर बनाएर रोग प्रतिरोधात्मक क्षमता घट्न दिन्छौ त्यसपछि तपाईं हामी मृत्युको मुखमा पुग्छौ हुनेखाने मोज गरेर छुटी मनाउदै सरकार लाई केही गरेन भन्दै धारे हात लगाउदै बसेका छन !

तर यो लकडाउनले पनि कति घर परिवारलाई दुखमा पारेको छैन भन्न सकिन्न कतिको घरमा साझ बिहान् हात मुख जोड्न सम्म मुस्किल भएको होला! जस्ले दुई छाक टार्न बिहान सुर्यको किरण देखि साँझसम्म बनी बुतो गर्न परेको छ र थियो उनीहरुलाई रोग भन्दा भोक को चिन्ताले सताएको छ हुनेखाने मोज गरेर छुटी मनाउदै सरकार लाई केही गरेन भन्दै धारे हात लगाउदै बसेका छन ! यतिबेला मान्छेदेखि मान्छे तर्सिएर भाग्ने अवस्था आएको छ छिमेकीको घरमा एउटा बिरामी भएको खबर सुन्यौ भने उसलाई मद्दत गर्नुको सट्टामा हामी घृणाको नजरले हेर्छौ देशमा लास जलाउने ठाउँ पनि पाउन छोड्यो भन्दै आतंक मक्चिएको छ ।

यो अप्ठेरोमा सरकारले केही गरेन अहिले नपाएको सरकारको साथ जनताले कैले भन्दै हामी सरकार लाई गाली गर्छौ सरकारले तपाईं हाम्रो सुरक्षाको लागि निषेधाज्ञा लगायो तर तपाईं हामी सरकारलाई धारे हात लाउछौ केही गरेन भन्दै यो दर्दनाक अवस्थामा राज्यले नागरिक लाई दिने सेवा सुबिधा खोई के पायो सहयोग भनेर औला भाच्छौ ! तर देसको जिम्मेवार नागरिक भएको नाताले के तपाईं हामीले सरकारले दिएको निर्देशन सहि तरिकाले पालना गरेको छौ एक प्याकेट दूध एकमुठो साग एउटा बिस्कुट किन्ने बाहाना मा किन बाहिर जान्छौ र चोकमा बसेर गफ लाउछौ सरकार लाई गाली गलौज गर्नुभन्दा अगाडि आफू लाई प्रश्न गरौ ? तपाईं हाम्रो घर अगाडि पसलेले हरु आधा सटर खोलेर प्रहरीको आँखा छल्दै छन प्रहरीले आफ्नो फाईदा को लागि तपाईं हाम्रो पसल बन्द गराएको हैन हाम्रो स्वास्थ को लागि हो अब सरकार को लागि तपाईं हामी जिम्मेवार बन्ने बेला आएको छ केही न केही गर्नै बेला आएको छ यस्तो अवस्थामा सरकार लाई सकेको मद्दत गरौ घरमै बसौ यस्तो रोग केहि दिन निर्मुल पारौ जिम्मेवार नागरिक को पहिचान दिउ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।