0 COMMENTS

काठमाडौं २५ चैत्र २०७७,। नयाँ वर्षको अवसरमा भक्तपुरमा मनाइने बिस्केट जात्रा नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

अधिवक्ता राजकुमार सुवालले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले जात्रा रोक्ने निर्णय कार्यान्वयन नगर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरलाई आदेश दिएको हो ।[view_video url=”-8dMbtdtfSY”]

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको अध्यक्षतामा आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले कोरोना संक्रमण बढेको भन्दै जात्रा गर्न नदिने निर्णय गरेको थियो ।

उक्त निर्णयविरुद्ध मंगलबार परेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले जात्रा सञ्चालन गर्न अनुमति दिएको हो । जात्रा रोक्ने प्रशासनको निर्णयप्रति भक्तपुरका स्थानीय बासिन्दा एवं गुठियारहरु आक्रोशित बनेका थिए । उनीहरुले प्रशासनले भने पनि जात्रा नरोक्ने भन्दै रथ निर्माणको कामलाई तीव्रता दिँदै आएका थिए ।

यस्तै भक्तपुर नगरपालिकाले आज शान्ति पूर्ण र कोरोनाबाट बच्न होसियारी पूर्वक जात्रा चलाउने निर्णय गरेको छ । नगरपालिको सरोकारवालहरुसँग छलफल गरेर रथ तान्ने र लिंगो ठ्ड्याउने परम्परालाई यस वर्ष पनि निरन्तरता दिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।