0 COMMENTS

 प्रतिभा भट्टराई१८चैत्र०७७  ”गरौं योग, रहौं निरोग”भन्ने नारा सहित स्वस्थ समाजको निर्माण गर्ने उद्देश्यले पतञ्जलि याेग समिति नेपालले समय समय मा आयोजना गर्ने गरेको सह याेग शिक्षक तालिम, हाल कोभिड १९को कारण जुम मार्फत गर्दै आइरहेको थियो। यसै क्रममा फागुन ११गते बाट सुरु भएर चैत्र १७गते समापन हुने गरी चलाइएको ३६दिने सह याेग तालिमको पाँचौँ श्रृङ्खला चैत्र १७गते मंगलबार विशेष हवन कार्यक्रम गरी सम्पन्न गरियो।

देशका हरेक क्षेत्र मा सह याेग शिक्षक बनाउने लक्ष्य का साथ विषम परिस्थितिमा पनि कोही याेग सिक्न र गर्न बाट वञ्चित नहुन भन्ने उदेश्य ले सञ्चालन गरिएको यो तालिममा ३०० जना जति सहभागी हरु थिए भने कार्यक्रमको अध्यक्षता पतञ्जलि याेग समिति नेपाल २ नं प्रदेशका प्रभारी हरीहरलाल चौधरी ले गर्नु भएको थियो। त्यस्तै पतञ्जलि याेग समिति नेपाल सेवा आश्रम का प्रमुख साधवी देव कृपा काे प्रमुख आतिथ्य र पतञ्जलि याेग समिति नेपाल का केन्द्रीय अध्यक्ष लव देव मिश्र रहनु भएको उक्त कार्यक्रम मा याेग का साथै, वेद, उपनिषद्, दर्शन लगायत मानव शरीरको संरचना र तिनलाई योगले पार्ने प्रभाव हरु का बारेमा पनि जानकारी गराइएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।