0 COMMENTS

२०७७ फागुन २८,नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको केन्द्रीय कमिटीको बैठक आव्हान गरेको छ । नेकपा पार्टी एकता भंग भएसँगै पुनःस्थापित नेकपा एमालेको यो पहिलो केन्द्रीय कमिटी बैठक अध्यक्ष ओलीले चैत १ गते आव्हान गरेको पार्टी स्रोतले जनायो ।

अध्यक्ष केपी शर्मा ओलीको परामर्शमा महासचिव ईश्वर पोखरेलले केन्द्रीय कमिटी बैठक बोलाएको कार्यालय सचिव ईश्वरी रिजालले नेपालन्युजलाई बताए । बैठकमा नवौं महाधिवेशनबाट निर्वाचित र त्यसपछि मनोनीत केन्द्रीय सदस्यहरु सहभागी हुनेछन् ।बैठकको रणनीति र एजेण्डाहरु तय गर्न प्रधानमन्त्री तथा अध्यक्ष ओलीले नेताहरुसँग परामर्श थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।