0 COMMENTS

काठमाडौं । कोरोना भाइरस (कोमिड–१९)को प्रकोपले सारा विश्व र देश थिलथिलो बनिरहेको बेला सरकारले नीतिगत तहमा भ्रष्टचार गरेको, वर्षेनी भन्सारमा छुट लिएर संकटका बेला ताला लगाउने नीजि अस्पतालको रवैयाप्रति भोजपुर जिल्लाका संघीय सांसद तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य सुदन किरातीले आलोचनात्मक प्रतिक्रिया दिएका छन् । उनले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सांकेतिक भाषामा कडा प्रतिक्रिया दिएका हुन् ।
हालै सरकारले कोरोना रोकथाम तथा न्युनिकरणका लागि स्वास्थ्य सामग्री खरिद गर्ने क्रममा नितीगत भ्रष्टचार भएको र भ्रष्टचार गर्ने निकायप्रति संकेत गर्दै सांसद किरातीले फेसबुकमा लेखेका छन्, ‘मानिस भगवान होइन । अपेक्षा पनि उबाट छैन, लोकमा चमत्कार होस् । तर, अचम्म ! आमाको लास अगाडि लडिरहेको बेला कसरी रुचेको होला पापीहरुलाई मासुभात ?’ किरातीले आफ्नो प्रतिक्रियामा व्यवहारिक रुपमा भ्रचष्टाचार भएनभएको पुष्टी भइनसके पनि नीतिगत तहमा भ्रष्टाचार भएको कुरा सांकेतिक रुपमा जिकिर गरेका छन् ।

स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सामग्री खरिदको क्रममा व्यवसायिहरुको कोटेशनलाई बेवास्ता गर्दै ओम्नी बिजनेस कर्पोरेट इन्टरनेशनल प्रालि (ओबिसिआई)मार्फत स्वास्थ्य सामग्री खरिद गरेको हो । व्यवसायीहरुले न्युनतम मूल्यमा सामान खरिद गर्न सकिने बताए पनि ओबिसीआई खरिद ठेक्का दिँदा ४८ गुणासम्म सामान महँगो हुन गएको छ । जसबाट राज्यलाई कुल दुई करोड ३५ लाख घाटा लागेको छ । यसप्रति लक्षित गर्दै किरातीले लेखेका छन्, ‘पचाएर त देखाउ । यदि पचाउन सकेनौ भने तिमीले जीवनको निम्ति ठूलै मूल्य चुक्त गर्नुपर्नेछ ।

त्यसैगरि वर्षेनी सामग्री खरिद गर्दा भन्सार छुट लिँदै आएका अस्पतालहरुले गत वर्ष मात्रै ११ अर्ब ७० करोड २३ लाखको सामग्री खरिद गर्दा १ अर्ब ८१ करोड ३८ लाख नीजि अस्पतालहरुले भन्सार छुट लिएका थिए । तर अहिले देशमा आम नागरिकको स्वास्थ्य संकटका बेला ती अस्पतालहरुले गेट बन्द गरेकोप्रति सांसद किरातीले यसरी सांकेतिक भाषामा कडा प्रतिक्रिया दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।