0 COMMENTS

इलाम,१६ कार्तिक २०७६ । चीनमा सम्पन्न अन्तरष्ट्रिय चिया सम्मेलनमा नेपाली चिया अब्बल बनेपछि इलामका व्यवसायी चिया उत्पादनप्रति थप उत्साहित भएका छन् ।

नेपालसहित १४ देशका चिया उद्योगीले उत्पादन गरेको चियामध्ये नेपालका तीन उद्योगले सम्मेलनमा ुसिल्भर अवार्ड पाएका छन् । इलामको माइपोखरीस्थित जसवीरे चिया उद्योग, साँखेजुङको कञ्चनजङ्घा अर्गानिक चिया उद्योग र लालीगुराँस चिया उद्योगले गुणस्तर र स्वादमा अब्बल ठहरिएर सिल्भर अवार्ड पाएका हुन् ।

जसवीरेले गोल्डन पल ब्ल्याक, कञ्चनजङ्घाले गोल्डन टिप्स र ब्ल्याक टी तथा लालीगुराँसले गोल्डन टिप्स मा अवार्ड पाएका हुन् ।

कञ्चनजङ्घाले भने गोल्डन टिप्स र ब्ल्याक टी मा दुईवटा अवार्ड पाएको हो । सम्मेलन अक्टोबर २८ देखि ३१ सम्म चीनको चिवी सिटी मा सम्मेलन आयोजना भएको थियो। आफूले उत्पादन गरेको चिया पुरस्कृत भएपछि मिहिनेतप्रति सन्तुष्टि मिलेको जसवीरे चिया उद्योगका सञ्चालक शरद सुब्बाले बताए । केही दिन अघि चीनका राष्ट्रपति नेपाल आउँदा इलामको चिया पिएकोमा हामी धेरै उत्साहित भएका थियौँ, सुब्बाले भने, विश्वभरको चियामध्येमा हाम्रो चिया उत्कृष्टमा पर्दा अझ नेपाली चियाले केही गर्न सक्छ भन्ने लागेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।