0 COMMENTS

मुम्बई०३कार्तीक०७५/ बलिउड बिग बि अमिताभ बच्चनले भारतको उत्तर प्रदेशका गरिब किसानको ऋण तिर्ने भएको छ । उनले आफ्नो ब्लग मार्फत गरिब किसानको ऋण तिर्ने खुलासा गरेका हुन् ।

बच्चनले ८५० जना किसानको ऋण तिर्ने बताएका छन् । उनले यसअघि महाराष्ट्रका ३ सय ५० भन्दा बढी किसानको ऋण तिर्नमा सहयोग गरेका थिए भने आन्ध्र प्रदेश र विदर्भका किसानको ऋण पनि उनले नै तिरिदिएका थिए। पछिल्लो समय युपीका किसान ऋण समस्यामा रहेको जानकारी पाएपछि उनीहरुलाई पनि अमिताभले ऋण रकम तिरेर सहयोग गर्ने बताएका छन् ।हाम्रो लागि जीवन समर्पित गर्ने किसानहरुको लागि केही सहयोग गर्न पाउँदा सन्तुष्टि मिल्ने अमिताभले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।