किन आइन् एकाएक चर्चामा धोनीकी श्रीमती साक्षी ?

2018-08-02   bollywood

भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीकी श्रीमति साक्षी सिंह विवादमा तानिएकी छिन् । भारतीय सञ्चार माध्यम एवंम् सामाजिक सञ्जालमा उनको व्यापक चर्चा भएको छ । कारण अरु केही नभइ उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको तस्विर हो । दुईदिन अघि उनले एउटा तस्विर इन्स्ट्राग्राममा पोस्ट गरेपछि उनी एकाएक चर्चामा आएकी हुन्।

उनले स्किन कलर भएको ब्लाउज लगाएको तस्बिर इन्स्ट्राग्राममा पोस्ट गरेकी थिइन्। जुन तस्बिर दुई लाखभन्दा बढी लाइक गरेका छन्। सामाजिक स‌ंजालमा उनले लगाएको ब्लाउजका बारे टिकाटिप्पणी भएका छन्।कसैले उनको ड्रेसको मात्र नभएर उनले गरेको मेकअप भद्दा भएको भन्दै कमेन्ट गरेका छन्।

उनको तस्बिरमा कमेन्ट गर्दै एकजनाले लेखेका छन् हामी महिलाको सम्मान गर्छौं,धोनीलाई आदर गर्छौ। तपाईले पनि विश्वास गर्नुपर्छ यो पहिरन पश्चिमी संस्कृतिको हो,यो सही पहिरन होइन। अर्का एक व्यक्‍तिले लेखेका छन् हामी भारतीय नियम चल्छ, पश्चिमी संस्कृति होइन।यहाँ महिला सम्मानित छन् त्यसैले सही पहिरन मात्र लगाउनुपर्छ। उनले उक्त तस्बिरसँगै धोनीसँगै खिचिएको अर्को तस्बिर पनि पोस्ट गरेकी छन् यसमा भने राम्रा कमेन्ट छन्।