0 COMMENTS

जुम्ला१६असार०७५/ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा सनसन बस्ने घोषणा गरेका डा. गोविन्द केसीलाई स्थानीय प्रशासनले अनसन बस्न प्रतिबन्ध लगाएको छ।

जिल्ला प्रशासन कार्यालय जुम्लाले शुक्रबार डा. केसीलार्इ लक्षित गर्दै एक विज्ञप्ति निकाल्याे । विज्ञप्तिमार्फत ‘प्रशासन कार्यालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दुई सय मिटर वरपर कुनै पनि प्रकारको अनसन, आन्दोलन तथा विरोध प्रदर्शन गर्न नपाइने’ सूचना जारी गरेकाे हाे ।

चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड गरेर ल्याउन खोजिएको भन्दै सरकारलाई ध्यानआकर्षण गर्न डा. केसीले जुम्लामा निर्णायक अनसन बस्ने घाेषणा गरेका थिए । साेही अनसनका लागि उनी शुक्रबार राति जुम्ला सदरमुकाम पुगेका थिए । उनी काठमाडाैंबाट बिहीबार नेपालगन्ज हुँदै जुम्लाका लागि हिँडेका थिए ।

प्रशासनले राे लगाए पनि डा. केसीले अनसन बसेरै छाड्ने अडान लिएका छन् । उनी १५ औँ पटक अनसन बस्न जुम्ला अाइपुगेका हुन् । यसअघि पटकपटक काठमाडाैंमा अनसन बसिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।