0 COMMENTS

 

150609081202_apple_music_app_624x351_apple_nocreditआइफोन निर्माता कम्पनी एप्पलले आफ्नो एप स्टोरबाट सयौं एप हटाउने भएको छ । चिनियाँ सफ्वेर भएका एपहरु एप स्टोरबाट हटाउन लागिएको एप्पलले जनाएको छ ।

इमेल जस्तै अरु व्यक्तिगत जानकारीहरु जम्मा गर्ने एपहरु स्टोरबाट हटाउन लागिएको एप्पलले स्पष्ट पारेको छ । सफ्टवेर निर्माता कम्पनी योमीले बनाएका सफ्टवेरमा व्यक्तिगत जनाकारी जम्मा गर्ने क्षमता रहेको र योमीले बिना सहमति नै यस्ता सफ्टवेर भएका एप उपलब्ध गराएको एप्पलले जनाएको छ । योमीले व्यक्तिगत जानकारी जम्मा गर्ने खालका सफ्टवेर बनाउन नपाउने नियमको उल्लंघन गरेको एप्पलले दाबी गरेको छ । एप्पलको एप स्टोरमा भएका धेरै एपहरुमा व्यक्तिगत जानकारी जम्मा गर्ने क्षमता भएकाले त्यसलाई कम गर्न त्यस्ता एप हटाउने प्रक्रिया सुरु गरिएको एप्पलले जनाएको छ ।– एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।