0 COMMENTS

अझै कति नारी कुटिन बाँकी नै छन
बाेक्सी आरोपमा
निर्वश्त्र गाउँ टोल अनि शहर परिक्रमा गराउन बाँकी नै छ बोक्सीको आरोपमा
आजै पत्ता लगाईदेउ धामी 
कतिछन यहाँ बोक्सी
फेरि भोलि सुन्न नपरोस बोक्सीको आरोपमा
कुटिएको नारी
आजै कुटियोस सबै बोक्सीहरु
फेरि भोलि सुन्न नपरोस धामी,
आफ्नै आमाले बोक्सीको आरोपमा कुटिएको छोरी,बुहारी
म अनि हामी अनि मजस्ता लेख्न बाध्य
नहौ कि बोक्सी आरोपमा कुटेछन एउटि निर्दोष नारी
जेजति लेख्नु छ लेख्छौ आजै हामी
समाज अनि हामी कहिलेसम्म रमिता हेरि बस्नु बोक्सी आरोप कुटिएको नारी
जेजति रमिता हेर्नु छ आजै हेर्छौ हामी

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।