0 COMMENTS

काठमाडौँ, १८ फागुन ०७४/महानगरीय प्रहरी परिसर काठमाडौँले सिन्धुपाल्चोक घर भई चुच्चेपाटी बस्दै आएका २५ वर्षीय छिरिङ शेर्पाको हत्याका अभियोग लागेका विकास तामाङलाई आज बिहान पक्राउ गरेको छ ।

परिसरबाट खटिएको टोलीले अभियुक्त सिन्धुपाल्चोक घर भई चुच्चेपाटी बस्ने १८ वर्षीय तामाङलाई बिहान ७ः३० बजे चाबहिलबाट पक्राउ गरेको हो । अभियुक्त तामाङले पुरानो रिसइबीका कारण विवाद भएपछि शेर्पालाई बिहीबार बेलुका ८ः४० बजे धारिलो चक्कुले छातीमा प्रहार गरी घाइते बनाएकामा चाबहिलको मेडिकेयर अस्पतालमा उपचारका क्रममा राति १०ः३० बजे मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।