0 COMMENTS

is (1)एप्पलले सेप्टेम्बर १६ मा आफ्नो अपरेटिङ सिस्टमको पछिल्लो पुस्ता आईओएस नाइन सार्वजनिक गरेको छ। केही नयाँ ठूलो विशेषताभन्दा पनि यसले आईओएस एटकै परिस्कृत भर्सनको समीक्षा पाएको छ। तर, यसमा केही नयाँ विशेषता थपिएका छन् जुन आईओएस एटमा सम्भव थिएनन्, जसका कारण प्रयोगकर्ताले अपरेटिङ सिस्टममा भन्दा फरक अनुभूति गर्न पाउने छन्। के छन् त आईओएस नाइनका विशेषता जुन एटमा छैनन्?
ब्याट्री बचाउ
आइफोनलाई व्यंग्य गर्दा भनिन्छ, आइफोन बोक्न त बोक तर चार्जर बोक्न नछुटाऊ। छुटाउने भए धेरै टाढा नजाऊ। आइफोन प्रयोगकर्ताको मुख्य समस्यामध्ये ब्याट्री कम टिक्नु पनि हो। हुन त यो सबै स्मार्टफोन प्रयोगकर्ताको समस्या हो। तर, आईओएस नाइनमा नयाँ फिचर छ जसले फोनको ब्याट्रीलाई बढी समय टिकाउँछ। यसमा सेटिङ मेनुभित्र गएर लो पावर मोड एक्टिभ गर्न सकिन्छ जसले अटोमेटिक डाउनलोड, ब्याकग्राउन्ड रिफ्रेसजस्ता ब्याट्री बढी खपत हुने कामलाई रोकेर बढी समय टिकाउँछ।

वाईफाई असिस्ट
आईओएस नाइनमा अर्को नयाँ फिचर छ जसले वाईफाई कनेक्सन टुटेका बेला स्वत: मोबाइलको डाटा एक्टिभ गराउँछ जसले गर्दा कुनै काम भइरहँदा बीचमा अवरुद्ध हुन पाउँदैन। प्रयोगकर्ताले जतिखेर पनि यो फिचर प्रयोग गर्नुपर्छ भन्ने छैन। तर आफूलाई आवश्यक पर्दा यो फिचर एक्टिभेट गर्न सक्छन्। सेटिङमा गएर वाईफाई असिस्ट टुल एक्टिभेट गर्न सक्छन्। कुनै कुरा लगातार डाउनलोड गर्नुपर्दा, एट्याच गर्दा वा इन्टरनेट कनेक्सन टुटाउन नहुने कुनै काम गर्दा यो फिचर निकै उपयोगी हुन्छ।

सजिलो म्युजिक प्लेयर एप
आईओएस नाइनमा अर्को सजिलो कुरा भनेको यसको म्युजिक प्लेयर एप हो। स्क्रिन लक भएको अवस्थामा पनि यो अगाडि देखिने गरी बसेको हुन्छ जसले गर्दा संगीत प्रेमीहरूका लागि यो उपयोगी फिचर हुन सक्छ किनकि उनीहरूले स्लाइड गरेर एप खोजिरहनु पर्दैन।
सेटिङमा सर्च
आइफोनको सेटिङ थुप्रै छन् र कुनै सेटिङमा जानका लागि छुट्टै चरण पार गर्नुपर्ने हुन्छ तर आईओएस ९ को सेटिङको माथिल्लो भागमा सर्च बक्स देखिन्छ जसका कारण प्रयोगकर्तालाई कुनै सेटिङ खोज्न सजिलो पर्छ, खोजिरहनु पर्दैन।

एड ब्लकर
आईओएस नाइनको अर्को विशेषता भनेको यसको सफारीमा थपिएको एड ब्लकिङ अप्सन हो। यसका लागि प्रयोगकर्ताले सफारीको सेटिङमा गएर कन्टेन्ट ब्लकरलाई एक्टिभेट गर्नुपर्ने हुन्छ। जसका कारण प्रयोगकर्ताले ब्राउज गर्दा देखिन झन्झटिला विज्ञापनको सामना गर्नुपर्ने छैन।

फोटो लुकाउनुहोस्
फोन त व्यक्तिगत हो तर कहिलेकाहीँ साथीभाइ र आफन्तले केही समयका लागि फोन प्रयोगकर्ता आफ्नो गोप्य तस्बिर हेरिदिने हो कि भन्ने डर सबैलाई हुन्छ। यसका लागि आईओएस नाइनमा छुट्टै व्यवस्था छ त्यो हो, फोटो हाइड। प्रयोगकर्ताले आफूलाई संवेदनशील लागेको फोटो अरूले नहेरुन् भन्ने चाहेको छ भने त्यसलाई लुकाउन सक्छन्। त्यसका लागि फोटोको सेयर मेनुमा गएर हाइड अप्सन प्रयोग गर्न सक्छन्।

ट्रयाकप्याड
ट्रयाकप्याड ल्यापटपमा हुन्छ तर कसैले आइप्याडमा आईओएस नाइन अपरेटिङ सिस्टम प्रयोग गरेको छ भने त्यसमा पनि
ट्रयाकप्याडको सुविधा पाउन सकिन्छ । यसका लागि किप्याडको दुई बटनलाई एकसाथ थिच्नुपर्ने हुन्छ। अनि, ट्रयाकप्याडका रूपमा किबोर्डलाई नै प्रयोग गर्न सकिन्छ।

सेल्फीको फोल्डर
सेल्फी खिच्नु मानिसको सोखजस्तै भइसकेको छ। फोटो ग्यालरीमा भएका धेरै फोटाहरू सेल्फीकै हुन सक्छन्। अहिले आएका धेरै स्मार्टफोनहरू सेल्फीलाई नै केन्द्रित गरेर फ्रन्ट क्यामेरामा जोड दिएर बजारमा पठाइएको छ। सेल्फी अहिलेको चर्चाको विषय पनि हो। मानिसको सेल्फी खिच्ने सोखलाई नै बुझेर होला आईओएस नाइनमा सेल्फीका लागि छुट्टै फोल्डरको व्यवस्था छ। ग्यालरीमा सेल्फी नाम दिएर छुट्टै फोल्डर छ जसमा सेल्फीहरू मात्रै हुनेछन्। यसले गर्दा प्रयोगकर्तालाई आफ्नो सेल्फी कतै सेयर गर्नुपर्दा खोज्न सजिलो हुन्छ।

इमेलमा जुनसुकै फाइल
पहिला आइफोनबाट इमेल पठाउँदा इमेज फाइल मात्रै अट्याच गर्न मिल्थ्यो तर अब भने त्यस्तो समस्या रहेन। प्रयोगकर्ताले फोनबाट इमेल गर्दा जुनसुकै फाइल अट्याच गर्न सक्छन्। यसले गर्दा प्रयोगकर्ताले फोनमा रहेको पीडीएस, प्रिजेन्टेसन वा अन्य फाइलहरू अट्याच गरेर पठाउन सक्छन्।

सुधारिएको नोट
आईओएस नाइनमा अब नोट कुनै सामान्य खोस्रो कागजजस्तो हुने छैन बरु यसमा इमेल र वेब लिंक पनि समावेश गर्न सकिनेछ। फरक–फरक रंगको प्रयोग पनि गर्न सकिने भएकाले अब नोटमा विविधता हुनेछ। सबै कुरा राख्न मिल्ने भएपछि नोटको प्रयोगमा रुचि बढ्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।