0 COMMENTS

प्रदेशको सीमांकनमा व्यापक असन्तुष्टि भएपछि मुख्य दलहरुले फेरि सात प्रदेशको अर्को सीमांकनमा सहमति जुटाएका छन् । तर यसमा एकीकृत माओवादीले फरक मत र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले असहमति जनाएका छन् ।

7-small-states-nepal-300x157आन्दोलनरत नागरिकका माग सम्बोधन हुनेगरी सात प्रदेशको नयाँ खाका तय गरिएको तीन दलका नेताहरुको दाबी छ । नेताहरुका अनुसार कर्णाली र मध्यपश्चिम क्षेत्रका बासिन्दाको माग सम्बोधन गर्नेगरी सात प्रदेशको प्रस्ताव गरिएको हो ।

तर परिमार्जित यो प्रस्तावले तराई–मधेसको असन्तुष्टि सम्बोधन हुन नसकेको फोरम लोकतान्त्रिक सहितका मधेसी दलहरुको ठम्याई छ ।
चार दलले संघीयताको नयाँ नक्सामा अन्ततः सात वटा प्रदेश बनाउने निर्णय गरेका छन्। सात प्रदेशको नयाँ सीमांकनमा ४ जिल्ला भने टुक्र्याइएको छ। रुकुम, बाग्लुङ, नवलपरासी र पर्सा जिल्लाका केही भाग टुक्रिने भएका हुन्।

२ नम्बर प्रदेशमा पर्ने पर्सा जिल्लाको ठोरी गाविस र केही भाग तीन नम्बर प्रदेशमा राखिएको छ। नवलपरासी जिल्लाको दाउन्ने पूर्वको भागलाई छुट्याएर ४ नम्बर प्रदेशमा राखिएको छ। परासी बजारसहितको पश्चिमको भाग प्रदेश नम्बर ५ मा राखिएको छ। ४ नम्बर प्रदेशमा राखिएको नवलपरासीको पूर्वी भागले ४ नम्बर प्रदेशलाई भारतसँग जोड्छ।

त्यस्तै बाग्लुङ जिल्लालाई पनि लगभग आधा पारेर पूर्वी भाग ४ नम्बरमा प्रदेशमा र पश्चिमी भाग ५ नम्बर प्रदेशमा राखिएको छ। मध्यपश्चिमको पहाडी जिल्ला रुकुमलाई टुक्राएर मगर बाहुल्य रहेको पूर्वको आधा भाग ५ नम्बर प्रदेशमा राखिएको छ भने आधा भाग नयाँ बनाइएको सल्यानसहितको भेरी र कर्णाली अञ्चलका जिल्लाहरुको ६ नम्बर प्रदेशमा राखिएको छ।

प्रस्तावित सात प्रदेशमा कुन जिल्ला र क्षेत्र कहाँ पर्छन् त ?

प्रदेश १

झापा, इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, संखुवासभा, सोलुखुम्बु, खोटाङ, उदयपुर र ओखलढुंगा ।
प्रदेश २

ठोरी गाविस बाहेक पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी ।

प्रदेश ३

पर्साको ठोरी, चितवन, मकवानपुर, काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुली ।
प्रदेश ४

नवलपरासीको दाउन्ने पूर्व, बागलुङको पूर्वी क्षेत्र, गोरखा, तनहुँ, स्याङ्जा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी र पर्वत ।

प्रदेश ५

नवलपरासीको दाउन्ने पश्चिम, रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, बागलुङको पश्चिम क्षेत्र, दाङ, प्युठान, रोल्पा, रुकुमको रुकुमकोट पूर्व, बाँके र बर्दिया ।

प्रदेश ६

डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, सल्यान, रुकुमको रुकुमकोट पश्चिम, जाजरकोट, दैलेख र सुर्खेत ।
प्रदेश ७

बाजुरा, बझाङ, अछाम, डोटी, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी र दार्चुला ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।