0 COMMENTS

काठमाडौं, माघ १ गते ।एएसबीसी यु–२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली सोमबार थाइल्यान्डको बैंकक प्रस्थान गर्दैछ ।
जनवरी १६ देखि २७ तारिखसम्म हुने प्रतियोगितामा समान ३–३ पुरुष÷महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुष ४६–४८ केजीमा लालप्रसाद उप्रेती, ५४–५७ केजीमा इन्द्रबहादुर सुनार र ८०–८६ केजीमा विजय बाटाले प्रतिस्पर्धा गर्ने छन् । महिला ४५–४८ केजीमा सुष्मा तामाङ, ५४–५७ केजीमा हेमा राई र ७०–७५ केजीमा त्रिशा जवेगुले खेल्ने छन् । सुष्माको चौथो तथा इन्द्रको तेश्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । बाँकी ४ ले पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्न लागेका हुन् ।
प्रशिक्षकमा दीपक महर्जन र सन्दिप श्रेष्ठ तथा व्यवस्थापकमा नेपाल बक्सिङ संघका सदस्य ओमनारायण श्रेष्ठ रहेका छन् । प्रतियोगिता दौरान हुने इन्टरनेसनल टेक्निकल अफिसर कोर्षमा सहभागी हुन पुष्करराज पन्त तथा आइबा २ स्टार रेफ्री जज कोर्षका लागि रामचन्द्र थापा मगर र धनकुमार मैनाली पनि टोलीसंगै थाइल्यान्ड जाने छन् ।प्रतियोगितामा करिब ३० राष्ट्रको सहभागिता रहने संघका सदस्य एवं प्रवक्ता श्यामकाजी अवालेले जनाएका छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।
सो अवसरमा सदस्य–सचिव घिसिङले कार्यक्रमलाई सम्बोधन गर्दै भने– ‘उत्कृष्ट खेलाडीलाई एक्पोजर दिन विशेष जोड दिनु होस् । सिकेर मात्र हुँदैन । खेलाडीलाई खेल्ने वातावरण पनि चाहिन्छ । महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीलाई सहभागी गराउनुस ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।