काठमाडौं बूढानीलकण्ठ नगरपालिका १ मा एमालेको प्यानल नै विजयी

2022-05-14   राजनीति

काठमाडौं  ३१ बैशाख २०७९, शनिबार- काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ।

स्राेतका अनुसार वडाअध्यक्षसहित सबै सदस्यमा एमाले विजयी भएको हो। अध्यक्ष उम्मेदवार सुरेन्द्र लामाको टिम नै विजयी भएको हो ।

मतपरिणाम भने औपचारिक रुपमा सार्वजनिक भइसकेको छैन। वडा अध्यक्षमा काँग्रेसका उम्मेदवारलाई चार सय बढी मतले एमालेका उम्मेदवारले पराजित गरेको उनको भनाइ छ।