0 COMMENTS

प्रतिभा भट्टराई/ हरेक दिन पर्ने एक एक तिथीकुनै न कुनै भगवान सँग सम्बन्धित भए जस्तै वर्ष भरी पर्ने २४वटा सप्तमी तिथि हामीले हरेक दिन प्रत्यक्ष्य दर्शन गर्न सकिने, आरोग्यका देव सूर्य देव सँग सम्बन्धित छ। बार मा आईतबार र तिथि सप्तमी सुर्य नारायण उपासनाका लागी उत्तम हुने भएकोले यी दुवै वार र तिथिको संयोग परेको दिन अति राम्रो मानिने भए पनि जूनसुकै बार परेको सप्तमी तिथि सूर्य नारायण काे ब्रत पूजा र उपासना का लागि राम्रो मानिन्छ,अझै श्री स्वस्थानी माताको ब्रत पूजा अर्चना गर्ने माघ महिना, वर्ष भरी पर्ने चार नवरात्री मध्ये एक गुप्त नवरात्री जस्मा हरेक व्यक्तिकाे वाणीमा बास गरेर सद्बुद्धी प्रदान गर्न सक्ने माता सरस्वतीको विशेष दिन पछि आउने माघ शुक्ल सप्तमी तिथि जसलाई अचला सप्तमी, रथआरोग्य सप्तमी, भानुसप्तमी आदि नामले जानिन्छ।

भगवान विष्णुको नेत्रबाट प्रकट भएकाे मानिने सूर्य देव ले यसै दिन सात घोडा सहितको रथ मा बसी जगतका प्राणीहरुलाई दर्शन दिएका थिए अर्थात पृथ्वीलाई आफनो दिव्य ज्योतिले प्रकाशमान बनाएका थिए। त्यसैले यो दिन सूर्य नारायणको जन्म दिन पनि हो।

सुख, सौभाग्य, पुत्र, धन, कीर्ति, आरोग्य प्राप्तिको लागि यो दिन सूर्योदय भन्दा अगाडी सके गंगा मा र नसके आफ्नै घरमा गङ्गाको स्मरण गर्दै स्नान गरी सूर्यलाई जल, अर्घ, रातो पुष्प, रातो चन्दन, बस्त्र, धूप, दीप,नैवेद्य सहितविधि पूर्वक पूजा अर्चना गरी व्रत बस्ने र सकेको जुनसुकै कुरा काे दान गर्नु अनी दिनभरि सत्कर्म, सत वचन, सदाचारकाे पालना गर्नु राम्रो मानिन्छ। फूल जुनसुकै अर्पण गर्न सकिने भए पनि सूर्य देव लाइ रातो र त्यसमा पनि करबिर को फुल मन पर्ने बिश्वास छ भनेआरतीमा बारसुते बत्ती बाल्नु राम्रो मानिन्छ।

हरेक व्यक्तिले हर क्षण मन्, वचन र कर्म शुद्ध बनाउनु आफ्नै लागी उचित हुँदा हुँदै पनि यस तिथि को नाम नै अचलासप्तमी अर्थात् यस दिन गरिएको सम्पूर्ण शुभ अशुभ कर्म हरुअचल भएर रहने भएकाे ले रीस मा वा झुक्किएर पनि पाप कर्म हरु गर्नु हुँदैन भन्ने मान्यता रहेकाे छ भने, यस दिन जे दान गर्न सक्यो त्यो अचल भएर रहने विश्वासले शौभाग्यवतीनारी हरुले बिना नुन र तेलकाे सात्विक भोजन गरी ब्रत बसेर आफ्नो अटल सौभाग्य प्राप्तिको लागि सौभाग्य का सामानहरु दान गर्ने गर्दछन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।