0 COMMENTS

एवोकार्डो एक अत्यन्तै उपयोगी फल हो । यसलाई नेपाली मा घ्यु फल भनिन्छ । यसको बैज्ञानिक नाम पर्से अमेरिकाना ( Persea Americana ) हो । यो फलको उत्पति स्थल अमेरिका र मेक्सिको को उष्ण प्रदेशीय क्षेत्रलाई मानिन्छ । पछिल्लो समय यसलाई नेपाल मा पनि व्यवसायिक रुपमा यस फल को उत्पादन गर्न थालिएको छ । यो फलको व्यसायिक खेती समुन्द्र सतहबाट २५०० मिटर सम्मको भुभाग मा खेति गर्न योग्य मानिन्छ । हाल नेपाल को पुर्वी धनकुटा, मोरङ ,सुनसरी , इलाम , पाँचथर लगायतका क्षेत्रहरुमा व्यवसायीक रुपमा खेती गरिंदै आईएको छ । हाल नेपाल को धनकुटा जिल्लामा यसको सबैभन्दा धेरै उत्पादन हुन थालेको छ । यो फल लागाएको ३ – ५ बर्ष देखि फल लाग्न सुरु गर्दछ। यसले एक पटक मा एक वृक्ष बराबर १००० के.जी. सम्म उत्पादन दिन सक्दछ । विशेष गरि नेपाल मा यसको महत्त्व त्यति नबुझेका ले यसको सेवन त्यति गरिदैन । विश्व बजारमा यसको माग अत्याधिक रहेको छ । विश्वमा यसको मुल्य प्रति केजी रु. १००० सम्म पर्ने गरेको छ । र नेपाल मा यो फल को मुल्य रु ३०० – ५०० सम्म पर्दछ ।
यो फल स्वादमा वेस्वाद ( स्वाद नै नभएको) भएता पनि यसमा पाईने विभिन्न पौष्टिक तत्वहरुले यो फल संसार कै फलहरु मध्ये उत्कृष्ट फलको रुपमा लिईन्छ । विभिन्न अध्ययन मार्फत बैज्ञानिकहरुको सर्वेक्षणले यसमा मानव स्वास्थ्यमा चमात्किरक लाभ प्राप्त गर्न सकिने स्वास्थ्य लाई फाईदा कारक तत्वहरु हुने सर्वेक्षणहरु ले देखाएका छन् ।
यस एवोकार्डो फलका फाईदाहरु :
१ .उच्च रक्तचाप नियन्त्रण :
यो फल पोटासियमको राम्रो स्रोत भएकोले उच्च रक्तचाप नियन्त्रण मा ल्याउँदछ । किनकि पोटासियमले उच्च रक्तचाप नियन्त्रण गर्न मद्दत पुराउँदछ ।
२. क्यान्सरको जोखिम बाट मुक्ति :
यसमा पाईने बिभिन्न तत्वहरु बाट क्यान्सरको जोखिम बाट समेत बचाउँछ । अनुसन्धान कर्ताहरु का अनुसार यसमा ” फोलेट ” भन्ने तत्व रहेको हुन्छ । जस्को सेवनले गर्दा फोलेट तत्वको पुर्ति हुने हुँदा क्यान्सरमा सेलहरुलाई अनावश्यक रुपमा बढ्न बाट रोक्दछ । त्यसैले क्यान्सर लाग्न नदिन र क्यान्सर लागि सके पछि पनि उपचारमा यो फल सहयोगी मानिन्छ ।
३. डिप्रेसन को जोखिम कम गर्ने :
यो फलको सेवन डिप्रसनमा समेत उपयोगी छ । यसमा रहको फोलेट तत्वले होमिसिस्टाईन उत्पादन मस्तिष्क मा बढाउँद छ , जस्ले गर्दा मस्तिष्क मा हुने सेरोटोनिन , डोपामिन रनोरिनिफाईन लाई प्रभावित गरि थकान , निन्द्रा र उत्तेजना लाई नियन्त्रण गर्दछ ।
४. मुटु रोगको जोखिम बाट मुक्ति :
यसले मुटुलाई स्वस्थ्य राख्न मद्धत गर्दछ । यो फलमा पाईने कोलेस्ट्रोल नहुने भएकोले मुटु रोगीका लागि फाईदा गर्दछ । यसमा पाईने चिल्लो पद्धार्थ स्वस्थ्य बर्धक मानिन्छ । जस्को सेवनले रगतमा कोलेस्ट्रोललाई सन्तुलन गरि मुटुरोग को जोखिम बाट बचाउँदछ ।
५. हाडजोर्नी का लागी उपयोगी :
यसले हड्डी लाई बलियो बनाउन मद्दत गर्दछ । यस फलमा भिटामिन “के ” प्रसस्त मात्रामा जस्ले गर्दा अस्टियोपोरोसिस लाई ठिक गर्दछ । हाड कमजोर भएर भाँचिने रोगलाई ओस्टियोपोरोसिस भनिन्छ ।
६. मोटोपनलाई नियन्त्रण :
एवोकार्डो मोटोपन नियन्त्रण ल्याउन लाई पनि अत्यन्तै उपयोगी छ । एवोकार्डोको खाने व्यक्ति अरु व्यक्ति को तुलनामा भोक कम लाग्ने भएकाले थोरै थोरै खाना खाँदै गएमा तौल नियन्त्रणमा आउँदछ ।
७. बालबालिका को मस्तिष्क बिकासमा उपयोगी :
यो फलमा मोनोअनस्याचुरेटेड फाईवर र भिटामिन “ई” प्रसस्त मात्र मा पाईने भएकाले यी तत्वहरुले मस्तिष्क विकास मा मद्धत पुराउँदछ । जस्ले गर्दा यो फल बालबालिकाहरु लाई खुवाउँदा मस्तिष्क को वृद्धि बिकास मा सहयोग पुराउँद छ ।
८. आँखालाई स्वस्थ्य राख्छ :
यो फलमा “लुटिन “र ” जिजान्थिन” भन्ने तत्वहरु हुन्छ । जस्ले आँखालाई अल्टाभ्वाईलेट को विकिरण ले गर्ने क्षतिलाई न्युनिकरण गर्दछ ।
९ . पाचन प्रणाली लाई स्वस्थ्य राख्छ :
यस फलमा प्रयाप्त मात्रामा फाईवर तत्व पाईने हुनाले कब्जियत हुन दिंदैन र पाचन प्रणाली लाई चुस्त बनाई राख्छ जस्को फल स्वरुप पाचन प्रणाली राम्रो हुँदा क्यान्सरको जोखिम पनि कम हुन्छ ।
१०. एवोकार्डोमा बिशेष गरि २० भन्दा बढी भिटामिन र खनिज तत्वहरु पाईन्छ यसर्थ हाम्रो शरीर को लागि आवश्यक पोषकतत्व एवोकाडो को एउटाे सिंगो फलबाट प्राप्त गर्न सक्दछौं । यो फलमा कोलेस्ट्रोल को मात्र नहुने भएकोले जो कोहि व्यक्ति ले पनि यसलाई सेवन गर्न सक्दछन्।।
लेखक : समन सिंह बस्नेत
हाल पतञ्जलि आयुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टर धुलिखेल मा आयुर्वेद चिकित्सा बिषयमा अध्ययनरत विद्यार्थी हुनुहुन्छ।।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।