0 COMMENTS

काठमाण्डाै२५फागुन०७७/ इन्डियाको बीजेपीका तत्कालीन अध्यक्ष तथा वर्तमान गृहमन्त्री अमित शाहले नेपालमा बीजेपीको शासन स्थापित गर्ने भन्ने प्रलापका विरुद्ध आज अपरान्ह इन्डियन एम्बेस्सी अगाडि कालो झन्डा र ब्यानरसहित उभिन पुगेका ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालमाथि प्रहरीले ज्यादती गरेको छ ।

उनी भारतीय दूतावासतिर ब्यानरसहित जान खोजेपछि अभद्र शैलीमा बोल्दै नेपाल प्रहरीका डिएसपीले उनको कठालो समातेर घोक्र्याउन खोजेका थिए । त्यसबखत अध्यक्ष नेपालले नरेन्द्र मोदी मुर्दाबाद , अमित शाह मुर्दाबाद , भारतीय विस्तारवाद मुर्दाबाद , नेपालको राष्ट्रिय एकता जिन्दाबाद , नेपालको सार्वभौमसत्ता जिन्दाबाद जस्ता नारा लगाएका थिए । करिब ४५ मिनेट त्यहाँ उभिएका नेपाललाई प्रहरीले अघि बढ्न नदिएपछि उनी पेटीमा ब्यानर राखेर भुइँमा आधा घन्टा बसेर सिडिओ मार्फत विरोध पत्र बुझाउने भन्दै त्यहाँबाट ब्यानर बोकेर हिँडेका थिए ।फाेटाे स्राेत -अन्नपुर्ण अनलाईन

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।