0 COMMENTS

काठमाडौं, १० फागुन । बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ का अध्यक्ष राजेश प्रसाद यादव र सोही नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष हरिशंकर प्रसाद यादव र कार्यापालिका सदस्य परमाननन्द मुखियाले २०७७÷०७८ को नगरसभामा किर्ते गरि १२ करोड हिनामिना भएको भन्दै दोषीहरुमाथि कानूनी कारबाही हुनुपर्ने माग गरेका छन् ।
आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर उनीहरुले यस्तो माग गरेका हुन्। नगरसभामा किर्तेगरि करोडौं हिनामिना भएको थाहा पाएपछि प्रहरीमा उजुरी पनि दिएको उनीहरुको भनाई छ । र, प्रहरीले उनीहरु (दोषी) लाई पक्राउ समेत गरेको उनीहरुले सुनाए । कार्यक्रममा बोल्दै राजेश प्रसाद यादवले भने,‘२०७७÷०७८ को नगरसभामा किर्ते गरेर हिनामिना गरेको छ । १२ करोड हिनामिना । गत असार ८ गते बसेको नगरसभामा ३१ जनाको उपस्थिति थियो, त्यसमा ५ जनाको हस्ताक्षर किर्ते छ । नगरसभा ६० जनामध्ये, ३१ जनाको पस्थिति थियो । त्यसमा पनि ५ जनाको हस्ताक्षर किर्ते गरिएको छ ।’ आफूहरुले यो थाहा पाउनेबित्तिकै प्रहरीमा उजुरी दिएको पनि उनले स्मरण गराए । उनले भने,‘सरकारी वकिलकहाँ फाईल गएको छ । बारा जिल्लामा गएर मुद्दा दर्ता हुनुपर्यो । हामीले त प्रहरी कार्यालयमा दर्ता गराएका छौं । तर, सरकारी वकिलले बदमास गरेके छ ।’[view_video url=”7zdXJTaz8BM”]

नगरसभामा ठूलो रकम हिनामिना गर्ने किर्तेको नाईके नगर प्रमुख विजय शंकर यादव, प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवाल भएको पनि उनले ठोकुवा गरे । र, उनीहरुलाई साथ दिने लेखा अधिकृत सर्वेन्द्र चौधरी र योजना शाखा प्रमुख जितेन्द्र यादव रहेको उनले सुनाए । यादवकाअनुसार उनीहर चारै जनामाथि प्रहरीमा मुद्दा
दर्ता भएको र तीन÷चार दिन थुनामा राखिएको छ । थप अनुशन्धान गर्न सरकारी वकिलले बाहिर निकाल्दा उनीहरुले बाहिर निस्किएपछि फूलमाला लगाएको र विजय जुलुश निकालेको पनि उनले सुनाए ।

उनले यो केशमा जिल्ला अदालतमा फाईल पठाएर मुद्दा दर्ता गराउन माग गरेका छन् । उनकाअनुसार नगरसभा सदस्य कपिलदेव साह, पानादेवी चमाई, रमावती कुशवाह, श्रीपती दुस्साधिन र रम्बा साहको नामको हस्ताक्षर किर्ते भएको थियो । उनले सिम्रौनगढ कार्यपालिकाका सदस्यहरुले ०७७÷५÷२ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको र २०७७÷९÷१९ गते किर्ते मुद्दा दर्ता गरेको जनाए । उनले भने,‘उनीहरुमाथि छलफल र अदालतमा फाइल पुर्याउनको लागि र कारवाहीको लागि यस
कार्यक्रममार्फ आग्रह गर्छौ ।’
उनले सिम्रौनगढ नगरपालिकामा विगतदेखिनै धेरै हिनामिना भैरहेको र नगरप्रमुखका कार्यकर्ताले आफ्नो मनपरि योजनालाई परिर्वतन गर्ने गरेको पनि टिप्पणी गरे । आफूहरुले नगर प्रमुखसँग हिसाब माग्दा नदिएर अदालत जान बाध्य बनाएको पनि यादवको भनाई छ । उनले यो विषयमा केन्द्र सरकारको संघीय मामिला मन्त्रालयको
समेत ध्यानाकार्षण गराए । उनले नगरपालिकामा उपसचिवको दरबन्दी पनि खाली रहेको गुनासो पोखे । उनले भने,‘त्यहाँका मानिसहरु रोएका छन् । सिम्रौढगढको किर्ते विषयमा यसको सत्य, तथ्य छानबिन गरि दोषीमािथ छिटोभन्दा छिटो कारवाही गरी पाउँ ।’ उनले बोर्डको निर्णय बिना १०० जना कर्मचारीको नियुक्ती भएको पनि आरोप लगाए । त्यस्तै, गाडी तथा जिन्सी सामान कति छ ? त्यो पनि एकिन नभएको भन्दै स्थानीय निकाय जनताको प्रिय हुनुपर्नेमा किन कर्मचारी भर्नामा लिप्त छ ? भन्दै उनले प्रश्न
तेर्साए ।
त्यस्तै, वडापालिका सदस्य सिम्रौनगढ नपा वडा २ का परमानन्द मुखियाले उक्त किर्ते मुद्दा बारा जिल्लाको अदालतमा दर्ता भएको अवस्थामा रहेको जानकारी दिए । उनले किर्ते मुद्दामा पक्राउ परेका ४ जनामध्ये २ जनालाई ४ दिन थुनामा राखेर र प्रमुख प्रशासकिय प्रमुखलाई एक दिन थुनामा राखेर अनुसन्धानको क्रममा किन छाडियो ? भन्दै प्रश्न गरे । उनले नगरप्रमुख लगायत ४ जनालाई निलम्बित गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।