0 COMMENTS

काठमाडाैँ, पाैष ९
पूर्वी नवलपरासीमा पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षले आयोजना गरेको अगुवा कार्यकर्ता भेला प्रधानमन्त्री केपी ओली पक्षका कार्यकर्ताले बिथालेका छन् । नेकपा गैंडाकोट नगर कमिटीले बुधबार दिउँसो आयोजना गरेको भेला ओली पक्षधरले नाराबाजीसहित बिथोलेका थिए ।

भेलामा दाहाल–नेपाल पक्षधरलाई बोलाएर पार्टीको पछिल्लो अवस्थाबारे जानकारी दिने उद्देश्य राखिएको थियो । कार्यक्रममा एउटा पक्षलाई मात्र राखिएको भन्दै ओली समर्थकले नाराबाजी गरेर कार्यक्रम गर्न दिएनन् ।

यसैबीच प्रधानमन्त्रीओली पक्षका नेता–कार्यकर्ताले सिन्धुलीस्थित नेकपा जिल्ला कार्यालय कब्जा गरेका छन् । पार्टी कार्यालय रहेको कमलामाई नगरपालिका–६ स्थित आजाद स्मृति भवन बुधबार ओली पक्षले कब्जामा लिएको हो । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।