0 COMMENTS

काठमाडौँ पुस २०७७/ संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावको सबैतिरबाट प्रतिवाद गर्न पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले आह्वान गरेका छन् ।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसद विघटन गर्ने ओलीको कदमले नेपालको शासकीय प्रणालीमा सुधार गर्नु पर्ने अवस्था आएको पनि बताए ।

प्रधानमन्त्री केपी ओलीले आइतबारको मन्त्रिपरिषद बैठकबाट संसद विघटनको सिफारिस गरेका थिए।भट्टराईले उनको कदमले नेपालको शासकीय प्रणालीमा सुधार गर्नुपर्ने देखाएको र त्यसका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली र पूर्णसमानुपातिक संसद व्यवस्था हुनुपर्ने बताए।

‘यसमा मेरो निजी विचार रहँदै आएको छ। अहिलेको प्रधानमन्त्रीको कदमले नेपालको शासकीय प्रणालीमा रहेको त्रुटी र त्यसलाई सच्याउनुपर्ने कुरा फेरि पुष्टि गर्छ,’ भट्टराईले ट्वीटरमा भिडिओमार्फत् भनेका छन्।

उनले प्रधानमन्त्रीको कदम असंवैधानिक भएकाले यसमा सबै राजनीतिक दल र नागरिकलाई सुधार गर्न आवाज उठाउन अपिल गरेका छन्।उनले संसद विघटनको प्रस्ताव अत्यन्त दुखद् एवं लोकतन्त्रको मर्म र संविधानको प्रावधानविपरीत भएको पनि बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।