0 COMMENTS

काठमाडाैं, ३१ भदौ । काठमाडौं उपत्यका र यसको आसपास भुकम्पको धक्का महसुस गरिएको छ । बिहान ५ः१९ बजे काठमाडौंबाट उत्तरपूर्वतिर ६३ किलोमिटर टाढा केन्द्र बनाएर १० किलोमिटर गहिरो भुकम्प महसुस गरिएको हो ।

राष्ट्रिय भूकम्प मापदन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको छ । केन्द्रले सिन्धुपाल्चोकको राम्चेलाई केन्द्र बनाएर बिहान ५ः१९ बजे भुकम्प महसुस गरिएको जनाएको छ । यता युरोपियन मेडिटेरियन सिस्मोलोजिकल सेन्टरले नेपाल र चीनको सीमाना नजिकै ५.५ म्याग्नीच्युडको भूकम्प गएको जनाएको छ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।