0 COMMENTS

काठमाडौं, ३१असार०७७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षले पार्टीको आन्तरिक विवाद अन्त्य गर्नेगरी जारी राख्नुभएको आजको वार्ता सम्पन्न भएको छ । वार्ता सकारात्मक रुपले अघि बढेकाले सहमतिको प्रयास जारी राख्नेगरी आजको बैठक सकिएको अध्यक्षद्वयका सचिवालयले जानकारी गराएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई अध्यक्षबीच भएको करिब अढाई घण्टा लामो वार्ता र छलफलमा सकारात्मक छलफल भएको जानकारी दिइएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिउँसो १२ बजे बालुवाटार पुग्नुभएको थियो । उहाँहरुबीच साढे दुई बजेसम्म छलफल भएको प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईले जानकारी दिनुभयो । साउन २ गते ११ बजे बस्न लागेको नेकपा स्थायी कमिटी बैठक अघि दुई अध्यक्षबीच सहमति गर्नुपर्ने पार्टीको आन्तरिक दवाव छ ।

सोहीअनुसार अध्यक्षद्वय वार्ता र संवादलाई निरन्तरता दिनुभएको छ । दुवै अध्यक्षबीच मंगलबारदेखि नियमित भेटवार्ता भइरहेको छ । पार्टीका दोस्रो तहका नेताहरु पनि दुवै अध्यक्षबीच सहमति गराउनेगरी सक्रिय रहनुभएको नेताहरुले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।