0 COMMENTS

प्रतिभा भट्टराई/प्रत्येक १५ दिनमा पर्ने एकादशी जस्तै असार शुक्ल पक्षको एकादशी लाई हरिशयनी एकादशी भनिन्छ।यसै दिन सृष्टि कर्ता ब्रह्मा, पालन कर्ता विष्णु अनि संहार कर्ता महेश्वरमध्ये, विष्णु भगवान आफ्नो कार्यभार भोलेनाथ लाई सुम्पिएर चार महिना अर्थात् असार शुक्ल एकादशी देखि कार्तिक शुक्ल एकादशी सम्म क्षीर सागरमा शयन गर्नु हुने भएकोले यस अवधिमा विवाह, व्रतबन्ध, गृह प्रवेश जस्ता सुभ कार्य हरु गरिदैनन भने दैनिक गरिने पूजा पाठ लगायत कथा, पुराण पास्नी जस्ता कार्य हरु चाहिँ रोकिदैनन।

निर्जला एकादशीका दिन छरिएको तुलसीको सानो बिरुवा सारेर यसै दिन देखि पूजा आराधना गरी कार्तिक शुक्ल एकादशीका दिन विवाह गरिदिने चलन छ। कुनै कारण बश यो दिन सार्न नमिलेमा जुनसुकै एकादशीको दिन पारेर पनि तुलसीको बिरुवा रोप्न सकिन्छ। प्रसस्त अक्सिजन दिने साथै आयुर्वेदमा अत्यधिक प्रयोजन रहेको तुलसीको वोट हर घरमा हुनु ले घर नै तीर्थ समान हुने र यसको विधिपूर्वक पूजा, जल अर्पण, आरती का साथै श्रद्धा पूर्वक स्याहार गर्नुले घरमा लक्ष्मीको वास रहने , धर्म यश र कीर्ति बढ्नेअनि सुख सौभाग्य र ऐश्वर्य वृद्धि भई, रोग, शोक दुःख, भय,दरिद्रता आदी नाश भएर जाने मान्यता रहेको छ। हरेक एकादशीका महत्व अधिक हुँदा हुँदै पनि यो चार महिना (चतुर्मास) मा पर्ने ८ वटा एकादशीका महिमा, र फल विशेष भए सँगै यो साल असोज महीना मा पुरुषोत्तम महिना परेको ले १० वटा पर्न गएको एकादशीको माहात्म्य अझै बढी हुने गर्दछ।

तसर्थ यो चतुर्मास भरी मात्र भएपनि र त्यो पनि नसकिने भए यही हरिशयनी र हरिबोधनी एकादशीमा मात्र भए पनि विष्णु लक्ष्मी को पूजा पहेँला फल,फूल, वस्त्र धूप दीप गरी भागवत, गीता, विष्णु सहस्र नाम, सत्नाम, नारायन कवच मध्ये कुनै पनि पाठ गरी व्रत बस्नु र त्यो पनि गर्न नसक्ने भए”ॐ नमो भगवते वासुदेवाय”को मन्त्र जप मात्र गर्नुले पनि आफ्नो जीवन मा आध्यात्मिक परिवर्तन गर्न सकिन्छ। कुनै बखत लामो समय सम्म पानी नपरेका कारण जनजीवन अस्तव्यस्त भए पछि राजा र प्रजा सबै मिली यो व्रत विधिपूर्वक बसे पछि वर्षा हुन गई जगतमा हरियाली र खुसीयाली छाएको कथा समेटिएको यो एकादशी, विष्णु भगवानको विशेष पर्व भएकाले समय र परिस्थिति अनुकूल भएका बेलामा यो दिन चार नारायण थान (चाँगु, इचंगु, विसंखु शिखा) र बुढानिलकण्ठ मन्दिरमा मेला लाग्ने पनि गर्दछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।