0 COMMENTS

काठमाडौँ १७मसीर०७६। धार्मिक तथा सांस्कृतिक धरोहर बाग्मती नदीलाई सफाइ गरी पुनः पहिलेकै अवस्थामा फर्काउनका केही वर्षयता राज्य र निजीस्तरबाट विभिन्न प्रयास भएका छन् । सहरी विकास मन्त्रालयअन्तर्गत अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति गठन गरी बाग्मतीलाई पहिलेकै अवस्थामा फर्काउने प्रयास करिब एक दशकदेखि भइरहेको छ ।

त्यसैगरी तीनवटै सुरक्षा निकाय, विद्यार्थी, आमनागरिक सम्मिलित बाग्मती सफाइ महाअभियानको २९९औँ हप्ता पूरा भइसकेको छ तर यी प्रयासबाट आशातीत सफलता हासिल हुन सकेको छैन । विगत पाँच वर्षदेखि हरेक शनिबार बाग्मती सफाइ अभियानले बाग्मतीको भौतिक अवस्थामा उल्लेखनीय सुधार देखिएको छैन । २०७० जेठ ५ गतेदेखि नियमित रूपमा बाग्मती सफाइ महाअभियान नियमित सञ्चालन हुँदै आएको छ ।

सफाइ गरी पहिलेकै मौलिक अवस्थामा फर्काउन विभिन्न उपायमध्ये बाग्मतीको विभिन्न ठाउँमा फलामको जाली राखेर नदीमा बग्ने ठोस फोहोरलाई सहज रूपमा सङ्कलन गर्ने विधि एक हुन सक्ने बाग्मती सफाइ अभियानसँग जोडिएका संस्था र व्यक्तिहरूको धारणा छ ।

अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका उपआयोजना प्रमुख योगेन्द्र चित्रकारले बाग्मती नदीसहित यसका सहायक खोलामा फलामको जाली जडान गरी पहिलेभन्दा सहज रूपमा बाग्मती सफाइ गर्न सक्ने बताउनुभयो ।

एक ठाउँबाट अर्को ठाउँमा बगेर जाने ठोस फोहोरलाई जालीमार्फत रोकी सहज रूपमा ती फोहोरको सङ्कलन तथा व्यवस्थापन गर्न सकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “जाली राखेर नदी र खोलाको सफाइ गर्न सकिए पनि यसका लागि जनशक्ति तयारी अवस्थामा राख्नुपर्ने हुन्छ । काठमाडौँको नदी र खोलामा बढी मात्रामा ठोस फोहोर बग्ने भएको हुनाले पानी परेको बेला जालीका कारणले फोहोर जम्मा भई नदी थुनिन गई सम्बन्धित क्षेत्रमा बाढीसमेत आउन सक्ने भएकाले जालीमा जम्मा भएका फोहोर हटाउनका लागि निरन्तर जनशक्ति र उपकरण तैनाथी अवस्थामा राख्नुपर्छ ।” यो खबर आजको गाेरखापत्रमा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।