0 COMMENTS

काठमाडौं । पशुपतिनाथ मन्दिरमा करिब ४५ किलो सुन चढाइएको तथ्य फेला परेको छ । यसअघि पुशपति विकास कोषले बर्ष दिन लगाएर तयार पारेको प्रतिवेदनमा ५६ बर्षको अवधिमा ९ किलो मात्र सुन देखाएको थियो ।

हालसम्म चढाइएको सुन ९ किलो मात्र भनेर समाचार प्रकाशित भएपछि सर्वत्र विरोध भएको थियो । त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयअन्तर्गत गठित श्रीपशुपतिनाथ सम्पत्ति संरक्षण तथा गुठीजग्गा अध्ययन एवम छानविन समितिले पुनः खोजी गर्दा सुनको यो तथ्य फेला परेको हो ।

समितिले पशुपति भण्डार तहबिल कार्यालयलाई ‘भक्तजनले चढाएको सुनको विवरण समावेश भएको छ कि छैन ? नभए हालसम्मको विवरण खुलाई साथै तहबिलले बजार खरिद गरी चढाइएको सुन र चाँदीसमेत खुल्ने गरी’ जानकारी दिन पत्राचार गरेको थियो । -अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।