0 COMMENTS

बासुदेब सेढाइ,२असाेज/ सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित निवास पुल्चोकमा उहाँकि धर्मपत्नी बिमला महत पण्डितले बृक्षराेपण गरेर अाफ्नाे जन्मदिन मनाउनु भएको छ । असाेज २ गते अाफ्नाे निवास परिसरमा जन्मदिनको अवसरमा एभाेकाडा , रुद्राक्ष र श्रिखण्डकाे विरुवा सारेर जन्मदिनमा बृक्षराेपण अभियान प्रति ऐक्यबद्धता जनाउनु भयो । बृक्षराेपण कार्यक्रम लाई सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र छाेरी अर्चना पण्डितले सहयोग गर्नुभयकाे थियोे ।

फरक तरिकाले जन्मदिन मनाउन पाएकाेमा खुसी ब्यक्त गर्दै उपस्थित सबै प्रति धन्यवाद दिनुभयो । मन्त्री पण्डितले सकारात्मक साेच र बिचार लाई सबैकाे साथ सहयोग र समर्थन रहने बताउनुभयो याे अभियान राम्रो छ यसले ब्यापकता पाउनेछ उहाँको भनाइ थियोे । महत समाजले बृक्षराेपण काे लागि विरुवा हस्तान्तरण गरेको थियोे । कार्यक्रममा मन्त्री लालबाबु पण्डित उहाँको धर्मपत्नी बिमला महत पण्डित छाेरि अर्चना पण्डित प्रतिनिधि सभा सदस्य घनश्याम खतिवडा ,राष्ट्रनिर्माण शक्ति यबं नेपाल दशनामि समाजका अध्यक्ष अभियान्ता सुरेश गिरि , लाेक गायक हरि बहादुर महत , महत समाजका केन्द्रीय सदस्य यबं अभियान्ता इन्द्र बहादुर महत , व्यावसायी हरु श्याम महत , तेज बहादुर थापा , ज्ञानु महत थापा , माेरङ नगरपालिका का जनप्रतिनिधि लगाएतकाे उपस्थिति थियोे । बृक्षराेपण कार्यक्रम पनि बिमला महत पण्डितले उपस्थित सबैलाई नेपालकाे झण्डा बितरण गर्नुभएको थियोे साथै चियापान कार्यक्रम पनि सम्पन्न भएको थियो ।

वातावरण सन्तुलन , नेपाली माैलिकताकाे संरक्षण,फलफूल जडिबुटी उत्पादन निशुल्क उपभाेग , सदाचार सुशासन लाई प्राेत्साहन र विश्व मानव जातिमा शान्ति एकता र सद्भावकाे कामना गर्दै लमजुङ बाट सुरु भएको अाफ्नाे जन्मदिनमा एउटा विरुवा राेप्ने अभियान ऐले देशब्यापि रुपमा अगाडि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।