सुन तोलामा १४ सयले घट्यो

2019-09-06   अर्थ

शुक्रबार, २० भदौ २०७६
काठमाडौं । उच्च दरमा वृद्धि भएको सुनको त्यसै गरी नै घट्न थालेको छ । शुक्रबार सुन प्रतितोला १४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ।यस्तै तेजावी सुन प्रतितोला ७१ हजार ७ सयमा कारोबार भइरहेको छ ।