0 COMMENTS

नमराज भट्ट,असार/काठमाडौं न्युरो तथा जनरल अस्पताल सुन्धराले पहिलोपटक एक बालिकाको जटिल किसिमको शल्यक्रिया गर्न सफल भएको छ। सर्लाही घर भएकी १० वर्ष अर्चना कुमारी साह दुई वर्षअगाडि दुर्घटनामा परेकी थिइन्।

दुर्घटनापछि उनको मलद्वारबाट दिशाको निकास हुन सकेको थिएन। पेटमा प्वाल पारेर पाइप जोडेर दिशा गर्दै आएकी साहको अस्पतालका डा दिनेशप्रसाद कोइरालाको टिमले सफल शल्यक्रिया गरेको छ। हाल उनको पेटको प्वाल पुरिएको छ। भारतका केही अस्पतालमा उपचारको लागि लगिए पनि उपचार सम्भव नभएपछि आफन्तले फर्काएका थिए। तर सुन्धारास्थित काठमाडौं न्यूरो तथा जनरल अस्पतालले सो जटिल र दुर्लभ प्रकृतिको शल्यक्रिया गर्न सफल भएको हो। डा कोइरालाले साहको तीनवटा शल्यक्रिया गर्नुपरेको जानकारी दिए।

पेटको प्वाल पारेर पाइप लगाई दिशा निकाली रहेको अवस्थामा प्वाल पुर्न चुनौती थियो अहिले साहले मलद्वार खुलेको छ। साथै उनलाई अहिले दिशा गर्न पाईपको जरुरत नरहेको र उनको शरीरको नियमित काम सुरु भइसकेको डा: कोईरालाले बताउनु भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।