यौन सम्पर्कका लागि पार्टनरलाई कसरी फकाउने ? यस्तो छ नयाँ अध्ययन…

2019-06-08   याैन

यौनका बारेमा नयाँ-नयाँ कुरा पत्ता लाग्छ र लागी रहेको पनि छन् । केही महिना अगाडि गरिएको एक अध्ययनबाट युवतीलाई कसरी यौन सम्पर्क राख्नका लागि सहमतीमा ल्याउने बारेमा पत्ता लागेको छ ।

सम्भोग सुरु गर्नुअघि यौन उत्तेजना बढाउन गरिने विभिन्न यौन क्रियाकलाप प्राक्कक्रिडा फोर प्ले गर्ने गर्नुपर्छ । यौन क्रियाकलापलाई सुमधुर वनाउन गरिने कुनै पनि पूर्व क्रियाकलाप जस्तै रमाइलो वातावरणमा गरिने भोजन, प्रेमवार्ता, सृंगार र
सयुक्त ठट्टालाई पनि प्राक्कक्रिडा भनिन्छ । तर कतिपय मानिसहरु एकैचोटी सम्भोग गर्छन । यसो
गर्दा पुरुष तथा महिलाको यौनप्रतिक्रिया चक्रमा भएको भिन्नताले दुवैमा चरम यौन आनन्द पाउन गाह्रो हुन्छ । यौन सुख लिने क्रममा तालमेल मिल्दैन । यथोचित प्राक्कक्रिडामा संलग्न हुदा
यौन अनन्दलाई यसको चरम विन्दुमा पुर्याउन मद्दत गर्छ । प्राकक्रिडामा संलग्न हुदा एक अर्काको शरीर, उसका संवेदनशिल अंगका बारेमा थाहा हुने मात्र होइन, दम्पतीबीच एक आपसमा कुराकानी हुने र एक अर्कालाई राम्ररी वुझ्ने अवसर पनि मिल्छ । आपसी समझदारी बढाउन मद्दत मिल्छ ।

यहि आपसी सम्झदारीले नै वैवाहिक जीवन उच्चतम रुपमा सफल हुन्छ । यसका लागि यौन प्रतिक्रिया चक्र र संवेदनशिल अंगका बारेमा थाहा हुनु पर्छ ।