0 COMMENTS

प्रतिभा भट्टराइ,काठमाण्डाै१४जेष्ठ/प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरले प्रत्येक वर्ष प्रदान गर्ने छ पुरस्कार सात स्रष्टालाई प्रदान गर्ने भएको छ । नेपाली भाषा साहित्यमा लामो समयदेखि योगदान दिएकाले २०७५ सालको प्रतिभा पुरस्कार कवि समालोचक डा शैलेन्दुप्रकाश नेपाललाई, लीलानाथ विश्वमञ्जरी बराल प्रतिभा पुरस्कार साहित्यकार, पत्रकार पुरुषोत्तम दाहाललाई, ज्वालाप्रसाद पोखरेल प्रतिभा पुरस्कार, साहित्यकार पुण्यप्रसाद खरेललाई र दिनबन्धु उषादेवी गोयल प्रतिभा पुरस्कार कवि कृष्ण प्रधानंलाई प्रदान गर्ने निर्णय गरिएको छ ।

उक्त पुरस्कारको राशि जनही रु ५०००० ÷ पचास हजार रहेको छ । यसै गरी २१०००÷ एक्काइस हजार राशिको विराटलक्ष्मी प्रतिभा पुरस्कार कवि विष्णु भण्डारीलाई र रु १५०००÷ पन्द्रह हजार राशिको षडानन्द प्रतिभा पुरस्कार कविद्वय निर्मला कोइराला र मन्जु श्रेष्ठलाई संयुक्तरूपमा प्रदान गर्ने निर्णय गरिएको छ । निजीस्तरमा २०३९ सालमा स्थापना गरिएको यस प्रतिष्ठानले हालसम्म ६० भन्दा बढी स्रष्टाहरूलाई पुरस्कृत गरिसकेको छ भने विभिन्न लेखकका पचासभन्दा बढी विभिन्न विधाका कृति प्रकाशन गरेको छ । संस्थाका अध्यक्ष दधिराज सुवेदीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले यो निर्णय गरेको हो । उक्त सम्मान आगामी २०७६ साल असार २९ गते भानु जयन्तीका अवसरमा विशेष साहित्यिक समारोहकाबीच विराटनगरमा समर्पण गरिने छ । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।