0 COMMENTS

यदि तपाईले पहिलो पटक स्मार्टफोन किन्नु भएको छ भने यसलाई सम्भव भएसम्म उपयोग बनाउन चाहानुहून्छ भने तपाईलाई ती विषयमा जानकारी हुन जरुरी छ । नयाँ स्मार्टफोन किनेपछि सबैभन्दा पहिला यी काम गर्नुहोस् जसलाई तपाईको स्मार्टफोन अनुभव अरु बढी स्मार्ट हुने छ । आउनु होस् यसबारेमा यहाँ चर्चा गरौं

पासवर्ड
फोन किनेपछि सबैभन्दा पहिलो यसलाई सुरक्षित गर्नुहोस् । यसका लागि आजभोलि स्मार्टफोनमा धेरै विकल्पहरु छन् । फिंगर प्रिंट, पासवर्ड, पैटर्न लक रर फेस रिकग्नाइजेशन जस्ता विधिहरुमध्ये एउटा विकल्प रोजेर आफ्नो स्मार्टफोन सेक्योड गर्नसक्नुहुन्छ ।

फोन फाइन्डर एप्स इन्स्टल
नयाँ फोन किनेपछि फोन फाइन्डर ऐप इन्स्टल गुर्नहोस् । प्लेस्टोरमा कयौं एप्स छन् जुन फोन चोरी भएमा तपाईको फोनको लोकेशनबार बताउँछ । साथै यसले डेटा हटाउन र फोन लक गर्न पनि सहयोग गर्ने छ । एन्ड्रोइडका सेटका लागि गुगलले Find My Device नामकाे ऐप्स बनाएकाे छ । यो एप्स तपाईका लागि निकै उपयोगी हुने छ ।

क्यामेरा
केही मानिसहरु केबल फोटोग्राफीका लागि मात्रै फोन किन्छन् । यदि तपाई पनि त्यसै मध्येका एक हुनुहुन्छ भने सबैभन्दा पहिला आफ्नो फोनमा क्यामेरा एप्स इन्स्टल गर्नुहोस् । क्यामेराका कतिपय फिचरहरुको प्रयोग गर्दा तपाईको तस्वीर अझै सुन्दर र आक्रषक बनाउन मद्दत गर्छ । क्यामेरामा फिल्टर, मोड्स, फ्लैश, टाइमर जस्ता फिचरस्ले तस्वीलाई अझ बढी आक्रषक बनाउन मद्दत गर्छन् । यी सबैलाई तपाई आवश्यकता अनुसार प्रयोग गर्न सक्नुहुन्छ ।

होम स्क्रीन कस्टमाइज
फोन खरीद गरेपछि आफ्ना होम स्क्रीन कस्टमाइज गर्नुहोस् । वालपेपर, कलर, आइकन्सलाई तपाई आफ्नो आवश्यकता र प्रयोग अनुसार मिलाउनुु् । तपाई त्यसलाई आफ्नो हिसावले बनाउनुस् जसले गर्दा तपाईलाई आफ्नो फोन सजिलो गरी चलाउन मद्दत गर्छ । यहाँसम्मकी बारम्बार प्रयोग हुने एप्सलाई तपाई पहिलो स्लाइड मेन्यूमा राख्नुस् ।

ब्याकअप
फोन किनेपछि बैकअप फिचर अन गर्नुहोस । कुनैपनि घटना भनेरमात्रै हुँदैन् । फोन हराउदा पैसासँग डेटा पनि हराउछ र ठूलो नोक्सानी हुन्छ । यसबाट बच्नका लागि आफ्नो बैकअप शुरु गर्नुस् । हिजोआज कयौं प्रकारका अनलाइन स्टोरेज प्रयोगमा छन् । यसैमा तपाई आफ्नो ब्याकअफ सुरक्षित गर्नु सक्नुहुनेछ । र आवश्यक परेको समयमा फोनमा रिस्टार गर्नसक्नु हुनेछ ।

ब्याट्रीबारे बुझौँ

फोनको ब्याट्री कसरी बचाउने भन्नेबारे बुझ्नु पनि आवश्यक छ । विशेष गरेर फोनमा इन्स्टल गरेका कुन एपले कति ब्याट्री उपयोग गर्छ भन्नेबारे बुझ्नु पनि जरूरी छ । कतिपय एपहरू ब्याकग्राउण्डमा चलिराख्छन् र यिनीहरूले ब्याट्री बढी सिध्याउने गर्दछन् । यस्ता एपहरूलाई व्यकग्राउण्डमा बन्द गरेर पनि फोनको ब्याट्री(लाइफ बढाउन सकिन्छ ।

अचेल नयाँ मोडेलका कतिपय मोबाइल फोनहरूमा त पावर सेभिङ मोड समेत रहेको हुन्छ । कुनै पनि मोबाइल यसरी पावर सेभिङ मोडमा राख्दा ब्याकग्राउण्डमा ब्याट्री उपयोग गरिराख्ने एपहरू स्वतः बन्द हुन्छन् र यसले पनि ब्याट्री(लाइफ बढाउन सकिन्छ । र यति बुझ्दा सधैं चार्जर या पावर ब्यांक बोकिराख्नु पर्ने झन्झटबाट मुक्त हुन सकिन्छ ।

डेटा प्रयोग गर्ने तरिका बुझ्ने

ब्याट्रीबारे बुझ्नुका साथै डेटा प्रयोग गर्ने तरिकाबारे पनि बुझ्नु आवश्यक छ । ब्याकग्राउण्डमा चलिराख्ने एपहरू ब्याट्रीका मात्र हैनन् डेटाका लागि पनि त्यत्तिकै घटक छन् । हामीले प्रत्यक्षमा थोरै डेटा चलाउँदा पनि यिनीहरूले बढी डेटा उपयोग गरेर हामीलाई आर्थिक हानि पुऱ्याउन सक्छन् । यसकालागि फोनको सेटिङमा गैर ब्याकग्राउण्डमा चल्ने डेटालाई बन्द गर्नु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।