0 COMMENTS

काठमाण्डाै१८फागुन०७४/महानगरीय अपराध महाशाखाले विभिन्न संघसंस्था तथा सरकारी कार्यालयको छाप, दस्तखत कीर्ते गरी नक्कली कागजात तयार गर्ने अभियुक्त कोटेश्वरनजिक डाक्टर हेल्थकेयर मेडिकल पसलका सञ्चालक मकवानपुरका कवीर भनिने उदय थिङलाई यही फागुन १५ गते पक्राउ गरेको छ ।

अभियुक्त थिङसँग प्रहरीले समाजकल्याण परिषद् लैनचौर काठमाडौँ लेखिएको लेटर प्याडमा विभिन्न व्यक्तिको नाममा तयार पारिएको कागजात १५ पाना र उदय सिंह नामको युनाइटेड नेशन लेखिएको आइडी कार्ड एक थान बरामद गरेको छ ।

यस्तै नेपाल फार्मेसी परिषद् लेखिएको स्ट्याम्प, जेभियर पब्लिक स्कूल लेखिएको स्ट्याम्प, ल्यापटप एक र कन्ट्रोलर अफ इक्जामिनेशन लेखिएको स्ट्याम्प एक एक थान बरामद गरिएको छ । थिङलाई आज कीर्ते मुद्दामा आवश्यक अनुसन्धान एवं कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ । मुलुकी ऐन कीर्ते कागज महलमासरकारी कार्यालयको छाप कीर्ते गर्ने व्यक्तिलाई एक वर्ष कैदको व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।