0 COMMENTS

काठमाण्डाै २३कार्तिक०७४/ नेपाल प्रजा परिषद र एमाले विच अाज बिधीवत  एकीकरण भएकाे छ ।राणा कालमा टंकप्रसाद आचार्य लगायतको अगुवाईमा बि सं १९९३मा  स्थापना भएको    नेपालको सबैभन्दा पुरानो राजनीतिक पार्टि  तथा   नेकपा एमालेव विच एकीकरण भएको छ ।

काठमाडौं क्षेत्र नं ४ चावहिलकाे ए वन पार्टि प्यालेसमा भएकाे नेकपा एमाले राजधानी मजदुर विषेश इलाका ४ काे अायाेजनामा नेकपा एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा अाेली र नेपाल प्रजापरीषदका कार्यबाहक सभापति गाेबिन्दप्रसाद दुलालले  पार्टि एकिकरण सहमती पत्रमा हस्ताक्षर गर्नु भएकाे थीयाे । 

एकीकरण पश्चात बोल्दै कार्यबाहक अध्यक्ष दुलाल ले अवको राजनीतिक नेतृत्व एमाले बाट नै सम्भव भएकोले यो एकीकरण गरिएको बताएका थिए ।

सो अवसरमा बोल्दै एमाले अध्यक्ष ओलीले नेपाल प्रजा परिषद जस्तो पुरानाेपार्टि नेकपा  एमालेमा एकिकरणहुनु नेपालको राजनीतिक इतिहासकै अनुकरणीय र उल्लेखनीय काम भएको बताए । उनले टंक प्रसाद आचार्यले देखेको सपना एमालेले पुरा गर्ने भन्दै नेपालका अन्य दल पनि अव एकीकरण हुदै देश विकासमा लाग्ने बताए ।

कार्यक्रममा अध्यक्ष  ओलीले नेकपा एमालेका  प्रतिनिधीसभा सदस्यका क्षेत्रनं ४  उम्मेदवार डा.राज भट्टरार्इ  तथा काठमाडौं क्षेत्र नं ४ प्रदेस क्षेत्र १ का उम्मेदवार निर्मल कुइकेल र प्रदेस क्षेत्र २ का उम्मेदवार कुसुम कुमार कार्की नेकपा एमालेका जुझारू, क्षमतावान तथा परीपक्व  उमेदवार रहेकाेले वाहाहरू लाइ नेकपा एमालेले यस क्षेत्र नं ४ काे लगी  पार्टीकाे तर्फबाट उम्मेदवारी प्रदान गरेकाेले   ढुक्क रहि मतदानकालागी अाग्रह गर्नु भएकाे थीयाे ।कार्यक्रमा अध्यक्ष अाेलीले यसपटक बाम एकताले गर्दा अाफुहरूकाे बहुमतकाे सरकार बन्नेकुरामा कसैले राेक्न छेक्न नसक्ने कुरा ब्यक्त गर्नु भयाे ।कार्यक्रममा अध्यक्ष अाेलीले अन्य पार्टी परीत्याग गरी नेकपा एमालेमा प्रवेश गर्नेहरूलाइ खादा,माला तथा टीका लगाएर पार्टी प्रवेश गराएका थीए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।