अन्ततः गुठी विधेयक फिर्ता : मन्त्री पद्मा अर्यालले गरिन् घोषणा
काठमाडौं०३असार। सरकारले राष्ट्रिय सभामा दर्ता गरेको गुठीसम्बन्धी एकीकरण गर्न बनेको विधेयक फिर्ता लिने घोषणा गरेको छ।चौतर्फी विरोध र आन्दोलन थेग्न नसक्ने देखिएपछि सरकारले विधेयक फिर्ता लिने निर्णय गरेको हो ।

